हिमालय उर्जाको सेयर तेश्रो दिन मै झण्डै ३ गुण आवेदन
बिजनेसपाटी २४ चैत्र ।
हिमालय उर्जा विकास कम्पनी लिमिटेडले जारी गरेको १४,८५,००० कित्ता साधारण सेयर मध्ये कर्मचारीहरुलाई छुट्याइएको ३ % अर्थात ४४,५५० र सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५% अर्थात ७४,२५० कित्ताबाहेक बाँकी रहेको १३,६६,२०० कित्ता साधारण सेयर चैत्र २० गते बाट सर्बसाधारणको लागि बिक्री खुल्ला गरिएकोमा तेश्रो दिनको साँझ ५ बजेसम्ममा ५१,३१६ जना आवेदकहरुले ३७,३५,२९० कित्ता सेयरको लागि रु. ३७ करोड ३५ लाख २९ हजार रकम आवेदन गरेका छन । अहिले बजारमा आएका जलविद्युत् कम्पनीको शेयर मध्ये प्रतिमेगावाट लागत कम भएका कारणलगानीकर्ताहरुको उत्साहजनक सहभागीताले सेयर निष्काशन भएको तेश्रो दिन मै माग भएभन्दा ३ गुण बढी शेयर भएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए ।
कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मे.वा. को उपल्लो खिम्ति र ७ मे.वा. को अपर खिम्ति–क्ष्क्ष् गरी कुल १९ मे.वा. का आयोजनाहरु निर्माण गरिरहेको छ । विवरण पत्रमा उल्लेख भए अनुसार १९ मे.वा. निर्माण गर्नको लागि लागत करिव ३ अर्व १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मे.वा. लागत करिव १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया