हिमालय उर्जाको सेयर दोश्रो दिनमै झण्डै १.२५ गुण आवेदन
बिजनेसपाटी २३ चैत्र ।
हिमालय उर्जा विकास कम्पनीले जारी गरेको १४,८५,००० कित्ता साधारण सेयरमध्ये कर्मचारीहरुलाई छुट्याइएको ३ % अर्थात ४४,५५० र सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५% अर्थात ७४,२५० कित्ताबाहेक बाँकी रहेको १३,६६,२०० कित्ता साधारण सेयर चैत्र २० गतेबाट सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको हो । पहिलो दिनको साँझ ५ बजेसम्ममा सो शेयरमा २१,५८० जना आवेदकहरुले १६,७०,९०० कित्ता सेयरको लागि रु. १६ करोड ७० लाख ९० हजार रकम आवेदन गरेका छन । अहिले बजारमा आएका जलविद्युत् कम्पनीको शेयर मध्ये प्रतिमेगावाट लागत कम भएका कारण लगानीकर्ताहरुको उत्साहजनक सहभागीताले सेयर निष्काशन भएको दोश्रो दिनमै माग भए भन्दा १.२५ गुण बढी शेयर भएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए ।
कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मे.वाको उपल्लो खिम्ति र ७ मे.वा. को अपर खिम्ति–क्ष्क्ष् गरी कुल १९ मे.वा. का आयोजनाहरु निर्माण गरिरहेको छ । विवरण पत्रमा उल्लेख भए अनुसार १९ मे.वा. निर्माण गर्नको लागि लागत करिव ३ अर्व १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मे.वा. लागत करिव १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया