हिमालय उर्जाको सेयर पहिलो दिनमै झण्डै आधा बिक्री
बिजनेसपाटी २१ चैत्र ।
हिमालय उर्जा विकास कम्पनी लिमिटेडले जारी गरेको १४,८५००० कित्ता साधारण सेयरमध्ये कर्मचारीहरुलाई छुट्याइएको ३ % अर्थात ४४,५५० र सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५% अर्थात ७४२५० कित्ता बाहेक बाँकी रहेको १३,६६,२०० कित्ता साधारण सेयर चैत्र २० गतेबाट सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा पहिलो दिनको साँझ ५ बजेसम्ममा ७,९०९ जना आवेदकहरुले ६३,४१४० कित्ता सेयरको लागि आवेदन गरेका छन ।
सेयर निष्काशन भएको पहिलो दिनमै लगानीकर्ताहरुको उत्साहजनक सहभागीताले दोस्रो दिनमै सम्पूर्ण सेयर बिक्रि हुने सम्भावना रहेको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए । रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मे.वा को उपल्लो खिम्ति र ७ मे.वा. को अपर खिम्ति २ गरी कुल १९ मे.वा. का आयोजनाहरु निर्माण गरिरहेको छ । विवरण पत्रमा उल्लेख भए अनुसार १९ मे.वा. निर्माण गर्नको लागि लागत करिव ३ अर्व १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मे.वा. लागत करिव १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया