हिमालयन बैंकको २४औ साधारणसभा सम्पन्न, ३० प्रतिशत बाेनस पारित

बिजनेसपाटी २२ पौष
शेयरधनीहरुलाई हिमालयन बैंकले ३० प्रतिशत बोनस शेयर दिने भएकाे छ ।
अाज सम्पन्न बैंककाे चाैबिसाैं साधारणसभाले ३० प्रतिशत बाेनस शेयरकाे प्रस्ताव पारित गरेकाे हाे ।

बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ५ अर्व ८४ करोड ८८ लाख ८८ हजार ५०० रूपैँया पुग्नेछ । हाल बाँडफाँट प्रकृयामा रहेको हकप्रद शेयर जारी गरिसकेपछि तत्काल जारी तथा चुक्ता पूँजी रु. ६ अर्व ४९ करोड १६ लाख २३ हजार ५०० रूपैँया हुने समेत बैंकले प्रेस बिज्ञप्तिमार्फत बैंकले जनाएकाे छ । साधारणसभाले आर्थिक वर्ष २०७२\७३ को वार्षिक प्रतिवेदन समेत पारित गरेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया