हुर्रा नाच हेर्न गएका दुई युवकको हत्या
मोरङ १६ कार्तिक
मोरङमा हुर्रा नाच हेर्न गएका दुई जना युवकको हत्या भएको छ। मगर समुदायले मनाउने हुर्रा नाच हेर्न गएका दुई किशोरको गएराति मोरङको लेटाङभोगटेनी नगरपालिका–५ मा हत्या भएको हो । नाच हेर्ने क्रममा युवाहरुको समूहबीच विवाद हुँदा भएको खुकुरी प्रहारबाट मोरङ केराबारी–९ का १५ वर्षीय दिपेन गुरुङ र सोही ठाउँका १८ वर्षीय सनम गुरुङको मृत्यु भएको हो । गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मंगलबार बहिान साढे ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक गणेशमान श्रेष्ठले जानकारी दिए।
खुकुरी प्रहार गर्ने युवाहरु घटना लगत्तै फरार भएका थिए। उनिहरुको पहिचान हुन सकेको छैन। सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीलेजनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया