१० बर्षसम्म १० प्रतिशत ब्याज दिने गरी ऋणपत्र जारी गर्दै लक्ष्मी बैंक
काठमाडौं १० बैशाख ।
लक्ष्मी बैंकले १० बर्ष अवधिको ऋणपत्र जारी गर्ने भएको छ। कुल २ अर्बको ऋणपत्र जारी गर्न लागेको बैंकले ऋणपत्रमा १० प्रतिशत ब्याज दिने बताइएको छ। बैंकले ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया