१० वर्षमा ६० अर्बको विद्युत आयात
काठमाडौं–९ श्रावण
करिब १५ वर्षअघि स्वदेशमा उत्पादित सबै विद्युत खपत गर्न नसकी भारतलाई बिक्री गर्न प्रस्ताव गरेको नेपालले पछिल्लो एक दशकमा ६० अर्बको आयात गरेको छ ।
स्वदेशमा बढ्दो मागअनुसार उत्पादन वृद्वि गर्न नसकेपछि भारतसँग विद्युतमा निर्भरता बर्सेनी बढ्दै गएको छ ।
नेपाल र भारतबीचको सहमति कार्यान्वयन भए चाँडै नै एक खर्ब बराबरको आयात हुने विद्युत प्राधिकरणले जनाएको छ ।
डेढ दशकअघि १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाको विद्युत खेर गएपछि नेपालले भारतमा बिजुली बिक्रीका लागि टोली पठाएको थियो । आजको कारोबार दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया