१२ घण्टा कामका कारण बैङ्कको जागिर छाड्ने क्रम बढ्दै ः पूर्व कार्यकारी निर्देशक थापा

काठमाडौं, १२ फगुन २०८१ । राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बैंकिङ्ग क्षेत्रमा काम गर्नेहरुका लागि १२ घण्टाको समयावधि अलि बढि भएकै कारण यस क्षेत्रबाट जागिर छाड्नेहरुको संख्यामा वृद्धि हुँदै गइरहेको बताए । उनका अनुसार बैङ्कहरूमा १२ घण्टा समय दिएर काम गर्नुपर्ने दबाबकै कारण बैङ्किङ क्षेत्रमा काम गर्नेहरू जागिर छाड्न थालेको बताए । उडान शैक्षिक केन्द्रको एक कार्यक्रममा बोल्दै थापाले यस्तो खालको जागिरै छाड्ने प्रवृत्ति रोक्नका लागि नयाँ प्रविधि र सीपहरूको प्रयोगमा जोड दिन पनि आवश्यक रहेको
बताएका थिए ।
बुधबार भएको उक्त कार्यक्रममा उनले भने, ‘बैङ्किङ अब केवल परम्परागत तहमा सीमित छैन, यसको प्रतिस्पर्धा र चुनौतीहरू दिनानुदिन बढ्दै गइरहेका छन् । अहिले कामका लागि १२ घण्टा समय दिनुपर्ने दबाबका कारण जागिर छोड्ने प्रवृत्तिहरू बढी देखिन थालेका छन् । यो अवस्था सुधार्दै यस समस्याबाट बाहिर निस्कनका लागि नयाँ प्रविधि र सीपहरूको प्रयोग महत्त्वपूर्ण देखिन्छ ।’
उनले भने “बैङ्किङ क्षेत्र अब परम्परागत तहमा मात्रै सीमित नभइ यसको प्रतिस्पर्धा र चुनौती दैनिक रूपमा बढ्दै गएको छ ।” । बैङ्किङ क्षेत्रमा काम गर्दा नयाँ सीप र प्रविधिको प्रयोगमा बैङ्कहरूले प्राथमिकता नदिए यस खालको समस्या समाधान गर्न नसकिने समेत बताएका थिए । बैङ्किङ क्षेत्रको विश्व अहिले धेरै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक हुँदै गएको बताउँदै उनले बैङ्कमा काम गर्ने कर्मचारीहरूले नयाँ प्रविधिको प्रयोग गर्न आग्रह समेत गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया