३ दिने भ्रमणमा भारतीय राष्ट्रपति मुखर्जीले नेपाल रहँदा केके गर्नेछन् ? हर्नुस सुची

काठमाडौं १७ कार्तिक 

तीनदिने  नेपालको भ्रमणका लागि आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालमा तीन दिन दुई रात बिताउने जनाइएको छ । १८ वर्षपछि भारतीय राष्ट्रपतिको भ्रमण नेपालमा  हुन लागेको हो । यसअघि राष्ट्रपति केआर नारायणन २०५५ जेठ १४ गते नेपाल आएका थिए। तीनदिने औपचारिक भ्रमणका लागि आज दिउँसो नेपाल आउन लागेका भारतीय राष्ट्रपति मुखर्जीसँगै एक राज्यमन्त्री र चार जना सांसदस हितको टोली सहभागी हुनेछ । तीन दिन नेपालमा रहँदा राष्ट्रपति मुखर्जी कस्ता कार्यक्रममा व्यस्त हुनेछन्? यस्तो छ उनको कार्यक्रम तालिका-

पहिलो दिन १७ गते 

  • राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै गई स्वागत गर्ने।
  • शीतलनिवासमा राष्ट्रपतिहरुबीच दुई पक्षीय भेटवार्ता।
  • भारतीय दूतावासले आयोजना गर्ने रिसेप्सनमा सहभागी।
  • होटल हायातमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय राष्ट्रपतिको छुट्टाछुट्टै भेटवार्ता।
  • सोल्टी होटलमा राष्ट्रपति भण्डारीले दिने स्टेट ब्याङ्क्वीटमा सहभागी।

दोश्रो दिन १८ गते 

  • भारतीय राष्ट्रपति मुखर्जीद्वारा पशुपतिनाथ मन्दिरमा पूजाअर्चना।
  • काठमाडौं विश्वविद्यालयले मुखर्जीलाई मानार्थ डिग्री प्रदान गर्ने।
  • काठमाडौं महानगरपालिकाले नगरवासीको तर्फबाट राष्ट्रिय सभागृहमा दिने नागरिक अभिनन्दनमा सहभागी।
  • इन्डिया फाउन्डेसनले गर्ने सेमिनारमा भारतीय राष्ट्रपतिको सम्बोधन।
  • होटल हायातमा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता। मधेसी दलका नेताहरुसँग संयुक्त भेटवार्ता।

तेस्रो दिन १९ गते 

  • विमानबाट जनकपुर भ्रमणमा लागि प्रस्थान।
  • जानकी मन्दिरमा पूजाअर्चना। नागरिक अभिनन्दन र सम्बोधन।
  • जनकपुरबाट पोखरा प्रस्थान। पोखराको ग्रान्डी होटलमा लन्च।
  • भूतपूर्व गोर्खा सैनिक पेन्सन शिविरमा सम्बोधन।
  • साँझ काठमाडौं फर्किएर सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत फिर्ती।

फेसबुकबाट तपाईको प्रतिक्रिया