३४ बर्षिया उपासना पहिलो महिला सिइओको रुपमा यूनाइटेड इन्स्योरेन्समा नियुक्त
काठमाण्डौ १९ बैशाख २०७८ ।
यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी उपासना पौैडेल नियुक्त भएकी छिन् । उनको नियुक्तिसंगै बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृतको परिचय बनेको छ । अर्कोतर्फ हालसम्मकै कम उमेर अर्थात ३४ वर्षको उमेरमा उक्त गरिमामय पदमा बहाल उनी पुग्न सफल भएकी हुन् ।
विगत एक दशक भन्दा बढि कार्यानुभव भएको तथा छिमेकी मुलुक भारतको दिल्ली विश्वविद्यालयको Faculty of Management Studies -FMS_ बाट एम.बि.ए सम्मको अध्ययन पुरा गरेकी उनले भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेशगरेकी थिइन् ।। उनले यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. मा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् । उनको कार्य सम्पादन प्रति सन्तुष्ट कम्पनीले उनलाई प्रम्ख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट संभव हुने कुरामा विश्वास लिने उनले कर्मचारीकोे टिमलाई विशेष ध्यान दिनुहुन्छ
फेसबुकबाट तपाईको प्रतिक्रिया