कहाँ-कहाँ हुन्छ बारामा उत्पादित दुग्धको निर्यात ? पशु कृषक उत्साहित !

राजु साह कानु
बारा १० असार
हुलाकी राजमार्गका बजार केन्द्रित लक्ष्ति एकिकृत दुग्ध उत्पादन कार्यक्रम बारामा पनि लागु भएपछी बाराली पशु कृषकलाई फाइदा भएको छ । सरकारले स्वदेशी दुग्धलाई प्रोत्साहन गर्ने उदेश्यले ल्याइएको हुलाकी राजमार्गका बजार केन्द्रित लक्ष्ति एकिकृत दुग्ध उत्पादन कार्यक्रम यहाँ प्रभावकारी हुन थालेपछी दुग्ध उत्पादन बृद्घि भएको छ ।
लामो समय सम्म फुटकर रुपमा पशुपालन गर्दै आएका पशु कृषकहरु समुहगत रुपमा रहेर पशु पालन गर्न थालेका छन । जिल्लामा विभिन्न सहकारी संस्था तथा कृषक समुहसँग आव्द्घ भई दुग्ध संकलन, बिक्री बितरण लगायतका कार्यमा संलग्न रहेका किसानहरुलाई सरकारले अनुदान दिन थाले पछी कृषकहरु प्रोत्साहित भएका हुन ।b2
विभिन्न सहकारी संस्था, कृषक समुह, निजि संस्थानसंग आब्द्घ भएका सक्रिय कृषकहरुको लागि हुलाकी मार्ग एकिकृत दुग्ध उत्पादन कार्यक्रम महत्वपुर्ण भएको बारा पशु कृषक संघका अध्यक्ष ओम प्रकाश यादवले बताए ।“ यस कार्यक्रमले किसानलाई समुहमा जुट्न मदत पुगेको छ, अनुदानको कारण कृषकहरु उत्साहित छन,यसले दिर्घकालिन दुग्ध उत्पादनमा टेवा पुग्नेछ ।” अध्यक्ष यादवले भने ।
हाल जिल्लामा दैनिक १ लाख ७९ हजार लिटर दुग्ध उत्पादन भइरहेको जिल्ला पशु सेवा कार्यलय बाराले जनाएको छ । नेपालमा बार्षिक २३ लाख मेट्रिक टन भन्दा बढी दुग्ध आवश्यकता रहेको छ । तर माग अनुसार देशमा दुग्ध उत्पादन हुन नसकेका कारण भारत तथा तेस्रो मुलुकबाट दैनिक ३० हजार लिटर भन्दा बढी दुग्ध आयात हुने गरेको छ । बारा जिल्लाले मात्र बार्षिक ६५ हजार ३ सय ३८ मेट्रिक टन दुग्ध उत्पादन गर्ने गरेको जिल्ला पशु सेवा कार्यलयका प्रमुख बरिष्ठ पशु विकाश अधिकृत देवनन्दन साहको दाबी रहेको छ ।“ यस जिल्लाले दैनिक ३०÷४० लिटर दुग्ध निर्यात गर्छ, हुलाकी राजमार्ग केन्द्रित कार्यक्रमले दुग्ध उत्पादन गर्ने कृषकहरुको अझै उत्पादन गर्ने छ ।” कार्यलयका प्रमुख साहले भने।
सरकारले चालु आर्थिक बर्र्ष देखि हुलाकी राजमार्गका बजार केन्द्रित लक्ष्ति एकिकृत दुग्ध उत्पादन कार्यक्रम ल्याएको हो । यस कार्यक्रमले दुग्ध आयातलाई प्रतिस्थापन गर्नु, नश्ल सुधार गरी उन्नत जातको पशु उत्पादन गर्नु, बैदेशिक रोजगारीलाई नियन्त्रण गरी स्वदेशमै रोजगारी दिनु तथा सबैलाई पोषणको प्रत्याभुती गर्नु लगायतको महत्वपुर्ण लक्ष्यले अगाडी बढेको योजना हो । यसै कार्यक्रम अन्तर्गत जिल्लामा यस बर्ष १ करोड १६ लाख ६० हजार बजेट आएको छ । जिल्ला पशु सेवा कार्यलय बाराबाट अनुदान पाएर कृषकहरुले निमार्ण गरेको चिलिङ्ग भ्याट, मिल्क एनालाइज्र तथा बायोग्यासहरुको अनुगमन साहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीको अगुवाईमा गएको टोलीले विहिबार गरेको छ ।
अनुगमनकर्ताहरुले निमार्ण भएको सामाग्रीहरुले अझै व्यवस्थित गर्नू पर्ने सुझाव दिएका छन ।“पशु क्षेत्रमा गरिएको कार्यहरु महत्वपुर्ण छन तर अझै व्यवस्थित गर्न सके यो जिल्लाको पहिचान दुग्ध उत्पादनमा हुने छ ।” अनुगमनकर्ताका अगुवा केसरीले बताए । जिल्ला कृषि विकाश कार्यलयका प्रमुख शिवरत्न साह, कोष तथा लेखा नियन्त्रणका चिरन्जवी अधिकारी, राष्ट्रिय अनुसन्धान कार्यलयका उतम खनाल, जिल्ला समन्वय समिति बाराका तपसी प्रसाद चौरसिया, जिल्ला प्रहरी कार्यलयका ओम बहादुरखडका, महिला तथा बालबालिका कार्यलयकी रेखा चौधरी, सिम्रौनगढ नगरपालिकाका प्रमुख सुनिल कुमार केसरी लगायत कार्यलयका कर्मचारी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
हाल जिल्लामा ३६ हजार भैसी र २१ हजार दुहना गाई रहेको छ भने २२ सय भन्दा बढी किसान पशु पालन गर्ने गरेका छन । बारामा उत्पादन भएको दुग्ध सिमावर्ती भारत, विरगंज, हेटौडा तथा काठमान्डौ लगायतको ठाउँमा निर्यात हुने गर्छ ।

(राजु शाह बिजनेसपाटीका लागि बारा संवाददाता हुन् )

फेसबुकबाट तपाईको प्रतिक्रिया