नर्भिकलाई युरोपमा पुनः अन्तर्राष्ट्रिय गुणस्तर पुरस्कार !

काठमाडौं,२४ असार
नर्भिक इन्टरनेशनल हस्पिटललाई जर्मनीस्थित बर्लिनमा एक विशिष्ट समारोहवीच ‘क्वालिटी च्वाइस प्राइज, २०१९’ बाट सम्मानीत गरिएको छ । गुणस्तर अनुसन्धानका लागि युरोपेली समाजद्वारा जर्मनीको बर्लिनमा असार २२ गते साँझ आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा नर्भिकलाई उक्त पुरस्कार प्रदान गरिएको हो । उक्त समारोहमा युरोप, एशिया, अमेरिका, अफ्रिका र अष्ट्रेलिया महादेशका गरी उत्कृष्ट ५५ विश्वव्यापी कम्पनीहरु, हस्पिटलहरु, जनप्रशासन तथा विविध क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघ–संस्थाहरु समेत पुरस्कृत भएका थिए ।
नर्भिक इन्टरनेशनल हस्पिटलका लागि नर्भिकको अभिभावकीय– संस्था वि.एल.सी. होल्डिङ्गस् प्रा.लि. का कार्यकारी निर्देशक श्री मनिष खेमकाले उक्त पुरस्कार ग्रहण गरेका थिए । उक्त साँझ पुरस्कार ग्रहण गर्नुपूर्व सोही दिनको विहानी सत्रमा श्री खेमकालाई विशेष बक्ताका रुपमा आमन्त्रण गरिएको थियो । उक्त समारोहमा आफ्नो मन्तव्य राख्दै श्री खेमकाले नर्भिकले नेपाली चिकित्सा फाँटमा पु¥याएको योगदान, प्रविधि हस्तान्तरण, यसका प्रगति लगायतका विविध विषयमा प्रकाश पारेका थिए । विश्वभरका ५५ वटा छानिएका र पुरस्कृत संघ–संस्थाका प्रतिनिधहरु माझ उनले आफ्नो धारणा राखेका थिए ।
विश्वभरका जनप्रशासनसम्बन्धी संस्थाहरु, कम्पनीहरु, विश्वविद्यालयहरु, संघ संस्थाहरु, विशिष्ट व्यवसायिक व्यक्तित्वहरु, प्रबुद्ध प्राज्ञिक व्यक्तित्वहरु र गुणस्तर विज्ञहरुका समुपस्थितिमा श्री खेमकाले पुरस्कार ग्रहण गरेका थिए ।
गुणस्तरीय अनुसन्धानसम्बन्धी युरोपेली समाज स्वीटजरल्याण्डमा मुख्य कार्यालय रहेको एक युरोपेली संस्था हो । यसले गुणस्तरसम्बन्धी जनचेतनाको प्रवद्र्धन गर्ने, संसारभर व्यवसायका नैतिक अभ्यासलाई प्रर्वद्धन गर्ने, गुणस्तरीय व्यवसायिक अभ्यास गर्ने÷गराउने, प्राविधिक नवीनता वा नविनीकरण थप्ने, व्यवसायिक कम्पनीहरु तथा संघ–संस्थाका गुणस्तर सम्बन्धी उपलब्धीहरुलाई सम्मान गर्ने, जनप्रशासनसम्बन्धी संस्था र अन्य संघ–संस्थाका सफलतम् कार्यक्षमता कार्यकौशलता सम्बन्धी रणनीतिहरुको प्रचार–प्रसार एवम् प्रकाशन गराउने कार्य गर्दछ । यसका अन्य क्रियाकलापहरुमा आवश्यक मान्यता दिलाउने, संजाल विस्तार गर्ने, मूल्यांकन गर्ने, तालीम, परामर्श तथा गुणस्तरसम्बन्धी कार्यहरुको अनुसन्धान गर्ने आदि रहेका छन् । यसले गुणस्तर र गुणस्तरीय व्यवस्थापन, गुणस्तरीय व्यवस्थापनमा संघ–संस्थाहरुले हासिल गरेका उपलब्धीलाई आफ्नो प्रकाशनमा समावेश गर्ने, गुणस्तर सुधारका अद्यावधिक तकनिकीहरु आवद्ध संघ–संस्थाहरुलाई उपलब्ध गराउने, गुणस्तरसम्बन्धी उत्कृष्ट नमूनाहरु र तत्सम्बन्धित रणनीति उपलब्ध गराउने कार्य पनि गर्दछ ।
समृद्ध इतिहाससहित राष्ट्रकै पहिलो आइ.एस.ओ. प्रमाणित नर्भिक एक बहु बैशिष्ट्य÷बहुआयामिक र अग्रणी हस्पिटल रहँदै यसले नेपाली चिकित्सा फाँटमा उल्लेख्य योगदान पु¥याएको र नेपाली चिकित्सा जगतलाई आधुनिकीकरण गर्न सहयोग पु¥याएकै कारण नर्भिकले विभिन्न राष्ट्रिय÷अन्तर्राष्ट्रिय पुरस्कारहरु प्राप्त गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया