२०८२ मंसिर २५ | Dec 11, 2025

इरानमा पाकिस्तानको हवाई हमला

BusinessPati बिजनेस पाटी
|
२०८० माघ ४
|
204 views

इस्लामावाद, ०४ माघ २०८०।

पाकिस्तानले इरानमा आक्रमण गरेको छ।

इरानले पाकिस्तानमा हवाई हमला गरेको दुई दिनपछि पाकिस्तानले इरानमा जवाफी हमला गरेको पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेर जानकारी दिएको छ।

पाकिस्तानी सञ्चार संस्था डनका अनुसार पाकिस्तानले इरानमा गुरिल्लाहरूलाई लक्षित गरी आक्रमण गरेको भनेको छ।

उसले इरानको दक्षिणपूर्वी सिमा सिस्तान र बलुचिस्तान क्षेत्रमा हवाई आक्रमण गरेको त्यसबाट सात जना मारिएको दाबी गरेको छ।
इरानी अधिकारीहरूले पनि पाकिस्तानको हमलाबाट सात जना गैरइरानी मारिएको पुष्टि गरेको डनले लेखेको छ।

इरानले पाकिस्तानमा आक्रमण गरेको ४८ घन्टा नबित्दै पाकिस्तानले जवाफी हमला गरेको हो। माघ २ मा पाकिस्तानले सून्नी लडाकु समूह जैश अल अदललाई लक्षित गरी आक्रमण गर्दा ८ र १२ वर्षीय दुई बालिकाको मृत्यु भएको थियो।

पाकिस्तानको विदेश मन्त्रालयले इरानले हवाई ‍क्षेत्रको उल्लंघन गरेको दुई निर्दोष बालिकाहरूको हत्या गरेको भन्दै त्यसको दुष्परिणाम भोग्न तयार रहन चेतावनी दिएको थियो।Agency

फेसबुकबाट तपाईको प्रतिक्रिया