एक दशकको उत्सवः ग्लोकल टीन हिरो मेड इन नेपाल

काठमाडौं ६असार २०८१- ग्लोकल टीन हिरो २०१५ मा स्थापना भएदेखि अवार्डले आफ्नो समुदायमा महत्वपूर्ण योगदान दिएका किशोरकिशोरीहरुलाई सम्मानित गर्दै, उनीहरुको उपलब्धि र सामाजिक परिवर्तनप्रतिको समर्पणले अरुलाई प्रेरित गर्दै आएको छ।
गत दशकमा, यो प्रतिष्ठित मञ्चले युवावस्थाका प्रतिभाहरुलाई सम्मान मात्र नभई, उनीहरुको प्रभावलाई विश्वव्यापी रुपमा बढाउने अवसर र स्रोतहरु प्रदान गरेर उनीहरुलाई सशक्त बनाएको छ। यो मञ्चको उद्देश्य आफ्नो समुदाय र त्यस बाहिर परिवर्तन गरिरहेका युवाहरूलाई प्रोत्साहन दिनु हो।
२०१५ मा केवल काठमाण्डौं उपत्यकामा केन्द्रित भई सुरु भएको यो कार्यक्रम एक दशकमा देशभरिका किशोरकिशोरीहरुलाई सम्मानित गर्ने एक राष्ट्रिय अभियानमा परिणत भएको छ। यो पहलको सफलताका कथाहरुले राष्ट्रिय सिमाना मात्र होइन, बंगलादेश, भारत, र श्रीलंकामा पनि फ्रण्चाइज सञ्चालन गर्दै आएको छ, ग्लोकल टीन हिरो मेड इन नेपाल ।
प्रत्येक वर्षको सेप्टेम्बर १ मा आयोजना गरिने, दसौं संस्करण केवल वर्तमानको उत्सव मात्र होइन, विगतका वर्षहरुको प्रतिबिम्ब पनि हो। यी वर्षहरुमा, धेरै ग्लोकल टीन हिरोहरु आफ्नो सम्बन्धित क्षेत्रहरुमा नेतृत्व कौशल विकास गर्दै परिवर्तनकामी बनेका छन्। उनीहरुको प्रेरणादायक कथाहरु र ठोस योगदानहरु मार्फत, यी किशोरकिशोरीहरुले सामाजिक समस्याहरुलाई सम्बोधन गर्नको लागि दृढता र समर्पणको उदाहरण प्रस्तुत गरेका छन्।
ग्लोकल टीन हिरोले एक प्लेटफर्म को रूपमा मात्र नभई समाधानहरू प्रदान गर्न र समाजमा योगदान गर्ने विश्वासलाई बढावा दिन, किशोरकिशोरीहरुलाई दीर्घकालीन व्यावसायिक वृद्धि सुनिश्चित गर्न, र समुदायको दिगो विकासको लागि एक फोरमको रूपमा सेवा गर्दछ । प्राविधिक नवप्रवर्तनदेखि सामाजिक उद्यमशीलता सम्मको विविध सीपलाई मान्यता दिएर, यस मञ्चले युवाहरुका लागि उपलब्ध अवसरहरुको दायरा विस्तार गरेको छ।
यस प्लेटफर्मले भविष्यका पुस्ताहरुलाई सकारात्मक परिवर्तनका उत्प्रेरकको रुपमा आफ्नो सम्भावनालाई अँगाल्न प्रेरित गर्दछ। आगामी वर्षहरुमा, ग्लोकल टीन हिरो आशा र प्रेरणाको प्रकाशस्तम्भ रहिरहनेछ, जसले किशोरकिशोरीहरुलार्ई अधिक समान र दिगो संसारको कल्पना र निर्माण गर्न सशक्त बनाउन मद्दत गर्नेछ।
यदि तपाईं १३ देखि १९ वर्षको हुनुहुन्छ, एक नेपाली बासिन्दा हुनुहुन्छ र समाजमा केही प्रभावकारी काम गर्नुभएको छ भने, तपाईं पनि आवेदन दिन र सहभागी हुन सक्नुहुन्छ । योे प्रेरणादायक किशोरकिशोरीहरुको नेटवर्कमा सामेल हुने र आफ्नो प्रभावलाई अझ सशक्त बनाउने अवसर हो।
ग्लोकल टीन हिरो र यसको पहलहरु सम्बन्धी थप जानकारीका लागि र दसौं संस्करणको लागि आवेदन भर्र्न www.glocalteenhero.com मा अन्वेषण गर्न सकिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया