देशको अर्थतन्त्र डुब्न लाग्दा सांसदहरु मौन !

रुषा थापा
दुई वर्षअघिसम्म यातायात कार्यालय र मालपोत कार्यालयमा खुट्टा टेक्नेसमेत ठाउँ हुदैँन थियो तर अहिले यी दुवै कार्यालय सुनसान देखिन्छ । न कोही जग्गा किन्ने मान्छे नै हुन्छ न कुनै गाडी किन्ने । दिनहुँ हजारौँ घरजग्गा नामसरी हुने मालपोत कार्यालयमा अहिले दिनमा एकदुई वटासमेत घरजग्गा नामसरी हुदैँन ।
त्यस्तै, यातायात कार्यालयमा पनि यँही नै भइरहेको छ । बजारमा घरजग्गा, सवारीसाधन बेच्नेहरु यत्तिकै छन् तर किन्ने कोही छैन । तीन वर्षअघिसम्म मानिसहरुले आनाको ५० लाखमा किनेको जग्गा महिनादिनपछि आनाकै ६० लाखमा बिक्रि हुन्थ्यो । यसरी महिना दिन नबित्दै जग्गाको मूल्य यत्रो बढ्थ्यो ।
तर अहिले ६० लाखमा किनेको जग्गा त्यसको आधा मूल्यमा बेच्छु भन्दा पनि बिक्री हुदैँन । त्यस्तै, सवारी साधनहरु पनि किनेको आधा मूल्यमा बिक्री गर्छुभन्दा पनि किन्ने मान्छे छैन । यता सेयरमा पनि यँही रित चलिरहेको छ । एक कित्ता सेयर ३२ सय हालेर किनेको सेयर अहिले सस्तोमा बेच्छुभन्दा पनि बिक्री हुदैँन
जो मानिसले घरजग्गा, गाडी र सेयर वित्तिय संस्थामा धितो राखेर कर्जा लिए तर अहिले लिएको कर्जाको ब्याज र साँवा नै उनीहरुले डेढ वर्षदेखि तिर्न नसकेको सुनिन्छ । यता वित्तिय संस्थाले धितो राखेर दिएको कर्जाको धितोको मूल्य दिनप्रति दिन घटिरहेको छ । उता वित्तिय संस्थाबाट लिएको कर्जाको साँवा र ब्याज नै बढिरहेको छ ।
दुई दशक अघिसम्म वित्तिय संस्था तथा सहकारीहरुले आँखा चिम्लेर घरजग्गा, गाडी र सेयरमा लगानी गरे । व्यापारीहरुले पनि वित्तिय संस्थाबाटै कर्जा लिएर घरजग्गा, गाडी र सेयर महंगोमा बेचेर ठग्ने काम गरे । त्यसबेला आनाको २ लाख नपर्ने जग्गा अहिले वा तीन वर्षअघिसम्म आनाकै ९० लाखमा बिक्री गरियो ।
यसरी घर जग्गाको मूल्य बढ्नुको मुख्य कारण नै वित्तिय संस्था हो । वित्तिय संस्थाहरुले बुझ्रदैनबुझी घर जग्गामा लगानी गरे त दलालीहरुले त्यसैको फाइदा उठाएर सर्वसाधारण ठगे । त्यस जग्गाको सरकारी रेट भने आनाको १ लाख थियो तर किनबेच भने ९० लाखमा हुन्थ्यो ।
यता घरजग्गाको मूल्य यसरी नै बढिरहन्छ भनेर सर्वसाधारणदेखि वित्तिय संस्थासम्मैले आँखा चिम्लेर लगानी गरे तर अहिले डुबे । अहिले जतिपनि मानिसहरुको घरजग्गा छ, त्योमध्ये ९५ प्रतिशत मानिसहरुको घरजग्गा बैंक, फाइन्स र सहकारीको नाममा रोक्का छ । वित्तिय संस्थाहरुले पनि सर्वसाधारणले संस्थामा डिपोजिट गरेको रकममध्ये ९० प्रतिशत लगानी घरजग्गामा गरेका छन् ।
तर बजारमा घरजग्गामा मन्दी आउनेबित्तिकै वा यिनीहरुको खरिदबिक्री कार्य ठप्प हुनेबित्तिकै यता नाफा खान वित्तिय संस्थाबाट ऋण लिएर घरजग्गा किन्नेको पनि भागाभाग भयो त उता वित्तिय संस्थाले पनि घरजग्गा धितो राखेर प्रवाह गरेको कर्जा नउठेपछि वा घरजग्गाको किनबेचमा मन्दी आइपछि यिनीहरु पनि डुब्ने अवस्थामा पुगे ।
पछिल्लो समय कति बैंकहरु डुबिसकेको र अधिंकाश सहकारीहरु डुबेर पनि भागिसकेका छन् । बजारमा सर्वसाधारणको कुरा सुन्दा अहिले बैंकहरु टाट पल्टिसके भने सहकारीहरु भाग्ने अवस्थामा पुगिसके । सरकारले पहिलै वित्तिय संस्थाहरुलाई घरजग्गामा लगानी नगर्नुस् भनेर भनेको भए आज सर्वसाधारण र वित्तिय संस्था यसरी डुब्दैँनन् थिए ।
अहिले वित्तिय संस्थाले न आफुले दिएको कर्जा नै उठाउन सक्छ न घरजग्गा बेचेर लगानी नै उठाउन सक्छ । त्यसैले पनि वित्तिय संस्था डुब्ने अवस्थामा पुगेपछि सर्वसाधारणहरु आफुले वित्तिय संस्थामा राखेको पैसा निकाल्न लाइन लागिरहेका छन् । वित्तिय संस्थाले जतिसुकै महंगो ब्याज दिन्छु भनेतापनि सर्वसाधारणहरु बैंक तथा सहकारीमा पैसा राख्दैँनन् ।
बैंक बचतकर्ताको एक लाख फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको छ भने सहकारीले त महिनाको ५ हजासमेत फिर्ता गर्दैन । सहकारीहरु आज जाँदा खुल्ला हुन्छ त भोलि जाँदा भागिसकेका हुन्छन् । सहकारीले त आफु बच्नका लागि बजारमा प्रतिनिधि खटाएर बचतकर्तासँग सबै पासबुक संकलन लिने र जलाउने काम गरिरहेको छ ।
सहकारीमा पैसा निकाल्न गएका सर्वसाधारणको रुवाइ, कराइ देख्दा नेपालमा पनि सरकार छ र जस्तो लाग्छ । यता उघोग व्यवसायीहरु पनि हामी वित्तिय संस्थाको साँवाब्याज नै तिर्दैनौँ भन्दै आन्दोलन गर्छन् र हातमा कालो पट्टी बाँध्छन् । तर यता वित्तिय संस्था डुबेको कुरा सर्वसाधारणको कानसम्म पुगेपछि मानिसहरुले आफ्नो पैसा निकालेर घरमा लुकाइसकेका छन् । अब महंगो ब्याजको लोभमा उनीहरु फस्न चाहदैँनन् ।
सबैभन्दा छिटो नाफा कमाउन पाइन्छ, घुस खान पाइन्छ, ब्याज र सेवाशुल्क पनि पाइन्छ भनेर वित्तिय संस्थाहरुले घरजग्गा, गाडी र सेयरमा लगानी गरे । तर अहिले यीनै सबैको मूल्य घटेर गुन्द्रकको मूल्यमा आयो वा कबाडीमा बिक्री नहुने भयो । साथै, यस क्षेत्रमा काम गर्ने बिचौलिया तथा दलालीहरुको पनि डुबेर वा ऋण तिर्न नसकेर भागाभाग भयो । अहिले सुनिन्छ, कति घरजग्गा दलालीले आत्महत्या गरिसके त कति नेपाल छोडेर भागिसके । त्यस्तै, सेयरमा लगानी गर्नेहरु पनि लगानी डुबेपछि बसेको बाँस र फोन सबै फेरिसके ।
ऋहिले निजीप्लेटका तथा भाडाका गाडीमा लगानी गरेको गाडी सबै वित्तिय संस्थाहरुले ऋणीले ऋण नतिरेपछि उठाइसकेका छन् । तर यो गाडी टोक्नु कि निल्नु जस्तो उनीहरुलाई भइरहेको छ । न बेच्छुभन्दा मान्छे नै पाइन्छ न मान्छे पाएपनि उचित मूल्य नै पाइन्छ । वित्तिय संस्थाहरुले यसरी डिपोजिटहरुलाई फसाए र डुबाए ।
एमालेका अध्यक्ष केपी शर्माओली नेपालको अर्थतन्त्र श्रींलका भएको वा डुबेको दाबी गर्छन् । ओलीको भनाइअनुसार देश नै टाट पल्टिसक्यो र नेपालको अर्थतन्त्र श्रींलकाभन्दा नाजुक भइसक्यो । फेरि यता अर्थविद् तथा विज्ञहरु पनि ओलीले नै भनेको कुरा बोल्छन् । विदेशीले नेपालमा दिँदै आएको ऋण पनि अहिले विदेशीले दिन छोडिसकेको छ र एक नेपालीको टाउकोमा विदेशी ऋण ७९ हजार पुगिसकेको छ ।
तर विदेशीसँग लिएको ऋणको सरकार नै साँवाब्याज तिर्न नसक्ने अवस्थामा पुगेको छ । अहिले बजारबाट राज्यको ढुकुटीमा राजस्व संकलन हुन छोडिसकेको छ । साथै, बहालवाला कर्मचारी, भुपु कर्मचारी, सरकारी कर्मचारी वा ज्येष्ठ नागरिकहरुलाई भत्ता दिन नसक्ने अवस्थामा सरकार पुगिसकेको छ ।
अब विदेशीले ऋण नदिएमा यी मानिसहरुले भत्तादेखि तलबसम्मै खान पाउँदैनन् त जनताले तिरेको करबाट सरकारी खचै धान्न नसक्ने अवस्था सिर्जना भएको छ । अब नेपाल सरकार विदेशीसँग ऋण लिएर बिकास गरेको नाटक गर्छ र नेपाल कुन देशलाई जिम्मा लगाउँछ । नेपालको अर्थतन्त्र डुबिसक्यो भनेर विदेशीहरुले पनि थाहा पाइसकेका छन् । त्यसैले पनि अब विदेशीहरु सरकारलाई थप ऋण दिदैँनन् र दिएको पनि उठाउन खोज्छन् ।
अहिले वडाध्यक्षदेखि राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र सांसदहरुले तलबभत्ता खान्छन् तर अब यो पैसा कहाँबाट ल्याएर यिनीहरुले खर्च व्यर्होछन् । नेपालका अधिंकाश उघोग व्यवसायीहरु ऋण तिर्न नसकेर भागिरहेका छन् वा उघोग बन्द गरिरहेका छन् । यिनीहरु सबै वित्तिय संस्थाको ऋणमा डुबिसकेका छन् । यिनीहरुले लगाएको लुगादेखि खाने भातसम्मै सबै बैंककै पैसाबाट खाइरहेका छन् ।
उघोग व्यवसायी महासंघका अध्यक्ष शेखर गोल्छाले चार दशकअघिसम्म मलाई नेपालको अर्थतन्त्र यसरी डुबेको थाहा थिएन तर अब सबै व्यवसायीहरु डुबिसके र सबै व्यवसायीहरु पलायन हुनुपर्ने अवस्थामा पुगिसकेका भनेर भनिसके । तर व्यवसायीहरुले आफुले त डुबेको नाटक गरेर वित्तिय संस्था डुबाए । उनीहरु न आफुले लिएको ऋणको साँवा नै तिरे न ब्याज ।
अब नेपालीहरु जनताहरु सरकारको विरोधमा सडकमा आउँदै छन् र अर्थतन्त्र डुबेपछि जनताले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मैलाई लखेट्छन् । अब श्रींलका र बगंलादेशभन्दा पनि भयानक रुप नेपाली जनताको आन्दोलनले लिन्छ । अहिले वित्तिय संस्थाले कर्जा प्रवाह गरेपछि वा सर्वसाधारणले रकम नराखेपछि यिनीहरुले मिटरब्याजमा रकम लगानी गरिरहेका छन् । यता एक लाखको महिनाको ५ हजारदेखि ३० हजारसम्म ब्याज लिन्छन् त उता बाध्यताका कारण मानिसहरु यस्तो रकम चलाउँछन् ।
बजारमा अहिले मिटरब्याजमा लगानी गर्नेदेखि लिनेसम्मैको संख्या धेरै रहेको छ । भोलि यिनीहरु ऋण तिर्न नसकेर आफ्नो धितो पनि गुमाउँछन् र मर्छन् पनि । त्यसैले, अब सुकुम्बासीको पनि संख्या बढ्छ र आत्महत्या गर्नेको पनि । यता वित्तिय संस्थाहरुसँग पैसा छैन र व्यक्तिहरुसँग पैसा छ । एउटै व्यक्तिले मिटरब्याजमा १० लाखदेखि ५ करोडसम्म लगानी गर्छन् ।
वित्तिय संस्थामा कर्जा माग्न जाँदा पैसा छैन भनेर फिर्ता पठाउँछ तर मिटरब्याजमा लगानी गर्नेहरुसँग ऋण माग्दा मागेको एक घण्टामै दिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले केही महिनाअघि सरकारी कर्मचारीलाई तलब खुवाउनसमेत विदेशीसँग हात थापेर ऋण लिएर खुवाउनुपर्ने अवस्था आएको बताउँदा पनि अर्थमन्त्री जर्नादन शर्माले देशको अर्थतन्त्र ठिठाक छ भन्दै ढाँटे ।
तर अहिले अर्थमन्त्री शर्माले आफ्नो पद जोगाउन अर्थतन्त्र टाट पल्टिाइदिए र श्रींलकाको अवस्थामा पुप्याइदिए । अहिलेपनि हजार र पाँचसयको नोटमाथि सरकारले प्रतिबन्ध लगाएको छैन र दुई हजारको नयाँ नोट निकालेको छैन । अहिले पैसा जतिसबै सर्वसाधारणहरुले लुकाइसके ।
सरकार सर्वसाधारणले लुकाएको पैसा पनि बाहिर ल्याउन सक्दैँन र अर्थतन्त्रलाई सही ठाउँमा पनि ल्याउन सक्दैँन । अहिलेको सदनमा उघोगपति विनोद चौधरी पनि सरकारी गाडी चढ्न र तलबभत्ता खान खाएका छन् त रवि लामछिाने पनि आएका छन् । त्यस्तै, जुम्लाबाट जितेर आएका ज्ञानेन्द्र शाहीपनि तलबभत्ता खान आएका छन् ।
उघोगपति बिनोद चौधरी, ज्ञानेन्द्र शाही र रवि लामिछानेले नै आफुहरुलाई तलबभत्ता चाहिँदैन वा सरकारी गाडी चढ्दिँन भनेर भनेका छैनन् । विश्वकै वा नेपालकै अर्बपति चौधरीले समेत तलबभत्ता चाहिँदैन वा सरकारी गाडी चढ्दिँन भनेर भनेका छैनन् भने अरुसँग केही नै आश गर्ने ।
त्यसैले, यिनीहरु कमाउन र आफ्नो फाइदाका लागि आएका हुन् । अबको पाँच वर्षमा यिनीहरुले झन् अर्थतन्त्रलाई टाट पल्टिाउँछन् र नेपाल विदेशीलाई बेच्छन् ।
भक्तपुर
प्रकासित मिति २०७९–९–८

फेसबुकबाट तपाईको प्रतिक्रिया