नेपाल फाईनान्सको ३०औं साधारणसभा सम्पन्न, वित्तीय विवरणहरु पारित

काठमाडौं ३०, पुस २०७९।

नेपाल फाईनान्स लिमिटेडको ३०औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शेयरधनीहरुको उल्लेखनीय सहभागीतामा संचालकहरु हिरेन्द्रमान प्रधान, दिप्रश शाक्य, राजन प्रजापती, विकेश शाक्य, रोजीना श्रेष्ठ, लक्ष्मी महर्जन र स्वतन्त्र संचालक आनन्द कृष्ण ताम्राकार लगायतको उपस्थितीमा आज शनिबार सम्पन्न सम्पन्न भएको हो ।

साधारणसभामा सामान्य प्रस्तावहरु अन्तर्गत आ.व. २०७८/७९ को वार्षिक वित्तीय विवरणहरु पारित गर्नुको साथै आ.व. २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने निर्णय पारित गरेको छ । साधारण सभाले बिशेष प्रस्ताव अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने÷गाभिने एवम् प्राप्ति गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

संस्थाका संचालक समिति अध्यक्ष हिरेन्द्रमान प्रधानको सभापतित्वमा सम्पन्न भएको साधारण सभामा संचालक दिप्रश शाक्यले स्वागत मन्तव्य राखेका थिए । यसैगरी संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले हालसम्मको प्रगती विवरणहरुको बारेमा प्रकाश पारेका थिए । सभाको संचालन कम्पनी सचिव बिष्णु प्रसाद गौतमले गरेका थिए ।

सभामा शेयरधनीहरुले विभिन्न जिज्ञासा, सुझाव एवम् शुभकामना र धन्यबाद दिँदै संस्थाले छोटो समयमा नै शाखा विस्तार, खराब कर्जा असूली र शाख सृजना गरी व्यवसाय विस्तार गर्न सफल भएकोमा संचालक एवम् व्यवस्थापनलाई धन्यवाद दिएका थिए । सभाले आगामी दिनहरुमा खराब कर्जा नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र ल्याउन र नपुग भएको चुक्तापुजीं पुर्याउने गरी कार्य गर्न एवम् आगामी साधारण सभामा शेयरधनीलाई थोरै भएपनि लाभांश वितरण गर्न सक्ने हुनको लागि संचालक तथा ब्यवस्थापनलाई सुझाव, शुभकामना प्रदान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया