मनकामना दर्शन प्रालिले गर्यो गाउँपालिकालाई ट्रयाक्टर सहयोग
काठमाडौं ८ फाल्गुन २०७९, ।
मनकामना दर्शन प्रालिले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत शहिद लखन गाउँपालिकालाई विशेषत वडा नं. २ र ३ को फोहर व्यवस्थापन कार्यका लागि १ थान महिन्द्र ट्याक्टर र हाइड्रोलिक ट्रेलर कुरिनटार स्थित अग्नि इनकर्पोरेटेड प्रालिको कार्यालयमा निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेशबाबु थापालाई हस्तान्तरण गरेका छन् ।
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं २, ३ र ४ का वडाध्यक्ष, फोहरमैला व्यवस्थापन समितका अध्यक्ष तथा सदस्यलगायत मनकामना दर्शनका उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो । उक्त ट्रयाक्टरले मनकामना क्षेत्रको फोहर व्यवस्थापन र पर्यावरणमा समेत सकरात्मक कार्य एवं सशक्त प्रभाव पार्ने विश्वास लिएको छ । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वमा मनकामना दर्शन प्रालि प्रतिबद्ध रहेको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया