मुक्तिनाथ बिकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता
बिजनेसपाटी ८ चैत्र ।
मुक्तिनाथ बिकास बैंक लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच बीमा सेवा दिने सम्बन्धमा आज एक समारोह बीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार मुक्तिनाथ बिकास बैंक लि.ले देशभर रहेका आफ्ना १२० शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को जीवन बीमा योजनाहरु बिक्री गर्ने भएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल सावधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै ०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर र सुर्खेतबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिना भित्र काठमाडौ उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तैयारी गरिरहेको छ ।
सम्झौतामा मुक्तिनाथ बिकास बैंक लि.को तर्फबाट का.वा. प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरूङ्ग र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गर्नु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया