शब्द-चित्रमा धनुषाधाम र मधेश प्रदेश

प्रमोद कुमार यादव

धनुषमन्दिर-वानगंगा क्षेत्र संरक्षण सप्ताहिक सरसफाइ अभियानद्वारा प्रत्येक शनिबार बिगत ७ महिना देखि धार्मिक तिर्थस्थल पर्यटकिय पर्वधन उदेशले सप्ताहिक सरसफाइ अभियान चलिरहेको छ । ३० औ ऐतिहासिक बृहत सरसफाइ सम्पन्न भएको छ । त्रेतायुगिन रामायण सर्किट अन्तर्गतका प्रमुख स्थल मध्ये एक हो ऐतिहासिक एवं धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा सुपरिचित पौराणिक देवस्थल धनुषाधामको शिवधनुष मन्दिर । विश्व प्रसिद्ध धार्मिक ग्रन्थमा रामायणमा वरनन गरे अनुरुपको मिथिलाको राजा जनकको दरबारमा पिनाक धनुष उठाउने व्यक्तिसँग सीताको विवाह हुने शर्त बमोजिम अयोध्याका राजकुमार रामले धनुषा उठाई भाँचेको र त्यो धनुषा तीन खण्डमा विभक्त भई आकाश, पाताल र एउटा टुक्रा धनुषाधाममा खसेको भन्ने कुरा विभिन्न ग्रन्थमा लेखिएको पाइन्छ । सो धनुषको टुक्रा धनुषाधाम मन्दिरमा समेत स्थापित छ । हालपनि सो टुक्राको अवशेष यहाँ भएको हुनाले यस क्षेत्रको नाम धनुषाधाम राखिएको हो । अहिले पनि धनुषको टुक्रा विस्तारिदै छ । साथै ६ सय वर्ष प्राचीन देव बृक्ष पिपलको रुख मन्दिरको प्रगणमा रहेको इतिहास जगजाहेर छ ।

तल प्वाल रहेको खाल्डोमा किसानहरुले दुध राखदा यदि भरियो भने यसपालि खेतीवाली राम्रो हुने, देश र मानवीय जगतमा शान्तिपूर्ण वातावरण रहने जनविश्वास । अहिले पनि स्थानीय किसानहरु आफूले उत्पादन गरेको अहिले फल अन्नवाली धनुषमहाराजलाई खुसीका र आस्थाका साथ चढाउने गर्छ । माघे महिनामा माघी मेला एक महिना प्रतेयक आइतबारको दिन लाग्ने गर्छ । सो मेलामा बाहिरी तथा आन्तरिक पर्यटक एवं भत्तजन श्रद्धालुहरुको घुइँचो लाग्ने गरेको छ । मेलामा आफन्त भेटघाटको थलो रूपमा धनुष मेला प्रख्यात छ ।

यहाँ सन्देशको रूपमा पत्रक, झारु, फलामे घरका समाग्री र घरेलु कृषि ओजारहरु सहज उपलब्ध गरिन्छ । राम्रो व्यापार हुने गरेको छ । धार्मिक नगरी धनुषाधामको त्रेतायुगिन वानगङगा सरोवर र धनुषसरोबरमा स्नान गरि श्रद्धाले भन्टाको भार र भेटि चढाउने गर्दछन् । चिताएको कुरा पुराहुने एवं मनोचित फल प्राप्त हुने जनविविश्वास रहेको छ । स्वर्गद्वारी वानगङगा लक्षमन सरोवर तटमा तपोभूमि भएकोले यहाँ गरेको दाहसंस्कारले बैकुण्ठ वासहुने मान्यता छ ।

एउटा सरसफाइ अभियान मात्रै हैन स्व्च्छता र जीवनशैली समाजिक सरसफाइ सम्बन्धि सचेतना अभिवृद्धि कार्यक्रम पनि हो । साथै धार्मिक एवं पर्यटकिय स्थलहरु विश्वमा बिरलै इतिहास बोकेका हाम्रो ऐतिहासिकता, साझा भावनात्मक एकता, चेतना र नवजागारण सहितको सामाजिक दायित्वको झिल्को हो । स्थानीय, व्यापारी, युवा विशेष चासोको साथ सरसफाइ अभियानमा जुट्दा सार्थकता पाएको छ । प्राकृतिक सौन्दर्यताको धानी, ऐतिहासिक, बहुधार्मिक, सांस्कृतिक तथा सांस्कृतिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल प्राचीन सभ्यताको सङग्रह र महान तपस्वी र ऋषिमुनिहरुद्वारा प्राणप्रतिष्ठिा रचित पर्छ तपो भूमिमा चिनिन्छ ।

हामी र हाम्रो समाजमा जिवनको चक्रमार्गले जन्मस्थललाई कसरी योगदान दिन्छौं यो महत्वपूर्ण हुन्छ । धनुषाधामको सौन्दर्यकरण सहित सरसफाइ, सफा, सुन्दर, स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक अनुसन्धान तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मठ, गुम्बा, सार्वजनिक सम्पतिहरु मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षण सम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस र सुव्यवस्थित कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ ।

गरिमामय इतिहास बोकेका यो क्षेत्र दशकौंदेखि राजनीतिक, आर्थिकसामाजिक, धार्मिक सांस्कृतिक दृष्टिकोणले सम्पदाहरूको संरक्षण पर्वधनको निकायले चासो नलिदा एवं अति महत्वपूर्ण पौराणिक स्थलहरु ओझेल परेका छन् । यस भेगमा द्रुत गतिमा बृहत विकास र समृद्धिको निम्ति दीर्घकालीन गुरुयोजनासहित सम्बन्धित निकायले सार्थक पहल लिनसक्नुपर्छ । यहाँका स्थानीय, प्रादेश र संघ सरकारको नैतिक जिम्मेवारीसमेत रहेकोले जनताको प्रत्यक्ष सरोकार रहेको साहित्य र पर्यटन, शिक्षा, सर्वशुलभ स्वास्थ्य सेवा, बाटो, खेलकुद, युवा मैत्रीपूर्ण उधमशिलता, उधोग, आधुनिक एवं व्यवसायिक आत्मनिर्भर कृषि र सिँचाइ सुविधा, बजार, वस्तु निर्यात, विद्युतीकरण, चुस्त सेवा प्रवाह, आदिमा अहम् भूमिकाको खाँचो देखिन्छ ।

विश्व मानचित्रमा मिथिला र ऐतिहासिक धनुषाधाम अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण धार्मिक परिक्रमा, विवाहपन्चमि, झुलन, माघे संक्रान्ति माघीमेला तथा धनुषप्रवेश द्वार, धनुषमन्दिर, धनुषसागर, रानी पोखरी, वानगङगा, संरक्षित वन, वनस्पती उधान, पिकनिक स्पोर्ट्स, धर्मशाला, रामधुन आश्रम, मखनवावा कुटी, सुब्बा कुटी, पर्शुराम तलाउ, कमला नदी, गुम्बा, आदि यहाँको जिवनशैली, परम्परागत रितिरिवाज, चाडपर्व, भूगोल र सामाजिक विविधता आदि यस भेगका विशेष सम्पदा हुन् । साथै हाम्रो धरोहर भएकाले पर्यटनमुखी कार्यक्रम तर्जुमा गर्न आवश्यक छ ।

मिथिला र मधेश प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका सेवामूलक पर्यटक हाम्रो साझा विरासत र धरोहर हो । महान ऋषि अष्ट्रवक्र तपोभूमि मिथिलाको पावनभुमीको नरेश जनक र माता सिताको जन्मस्थल जनकपुरधाम, त्रिपुरा शिवधनुष खण्डित एक टुक्रा पवित्र प्रसिद्ध धनुषाधाम, भगवान् गौतम बुद्धको जन्मस्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशका रूपमा मात्र विश्वमा परिचित छैनन् । बहुसांस्कृतिक, सामुदायिक पर्यटन, कृषि पर्यटन, जलस्रोत, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको धनी एवं जैविक विविधताले भरिपूर्ण रहेको मधेस प्रदेशको आर्थिक लाभान्वित हुन सक्ने क्षेत्रका रूपमा समेत चिनिन्छ । मधेश प्रदेशको राजधानीदेखि १८ किलोमिटर पूर्व उत्तरमा र महेन्द्र राजमार्गबाट १० किलो दक्षिणमा प्राचीन देवभूमि धनुषाधामः धनुषमन्दिर-वाणगंगा धनुषा जङ्गल अवस्थित छ ।

यादब सरसफाइ अभियन्ता हुन् ।
प्रकासित मिति २०७९–९–२४

फेसबुकबाट तपाईको प्रतिक्रिया