श्री अैचोपैचों सहकारीको हिमाल रेमिट र प्रभुमनीसँग सहकार्य
निजगढ २५ कार्तिक
बारा जिल्लाको निजगढ बागदेवमा रहेको श्री अैचोपैचों बचत तथा ऋण सहकारी संस्थाले हिमाल रेमिट र प्रभु मनीसँग सहकार्य गरी मनी टान्सर्फर सेवा सुरु गरेको छ । सहकारीको हिमाल रेमिट र प्रभुमनीसँगकोे सहकार्यबाट विदेशीएका हजारौले आफनै घरदैलोमा परिवारलाई पैसा पठाउन सक्ने भएका छन । यस सेवा सुरु भएपछि श्री औचोंपैचो सहकारीका सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद गौतमले भने– ‘‘हाम्रो यस सेवाबाट विशेषगरी लाल, रतनपुर, सरस्वती, पुरानोटोल, पुर्वटोल, सडकटोल लगायतका वरपरका गाउँका मानिसहरुले सेवा प्राप्त गर्न सक्नेछन’’ ।
गत शनिवार मात्रै आफनो चौथो बार्षिक साधारणसभा सम्पन्न गरेको सहकारीले समयको गतिसंगै आर्थिक बिभेद र आर्थिक बिपन्नता रहेका समुदायलाई माथि उठाउन, हुने खानेहरूसंग निक्षेप संकलन गर्ने, समुदायमा वचत गराउने वानिको विकास गराउने, समाजलाई आय आर्जनतर्फ अनुसाशित बनाऊदै केहि गरू भन्ने समुदाय प्रति लक्षित पुलको काम गर्दै आर्थिक सम्बृद्धितर्फ डोहो¥याउने संकल्प लिएको छ ।
सहकारीले स्थापनाको ४ बर्षमा उल्लेख्य प्रगती गरेको छ । गत बर्षको नाफाबाट सहकारीले शेयर सदस्यहरुलाई ११ प्रतिशत बोनस वितरण गर्ने निर्णय समेत गरिसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया