अब तरकारीमा विषादी हाले कार्वाही, सर्वोच्चको यस्तो आदेश

काठमाडौं १७ माघ

सर्वोच्च अदालतले कृषिजन्य सामग्रीमा जथाभावी हुने विषादीको प्रयोगमा रोक लगाउन परमादेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि मन्त्रालयलगायत नौवटा सरकारी निकायलाई निर्देशनात्मक आदेश दिएको हो।

देशभर तरकारीमा भएको विषादी प्रयोगले आममानिसको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको भन्दै अधिवक्ता तुलसी सिंखडाले रिट दायर गरेका थिए। देशभरका आमउपभोक्ताले विषादीरहित तरकारी खान पाउनुपर्ने र उपत्यकामा भित्रने कृषि सामग्रीको परीक्षण हुनुपर्ने माग रिटमा थियो। रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारका नाममा विषादी नियन्त्रण गर्न आदेश जारी गरेको हो।

नयाँपत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया