अमेरिकी पौडीबाज माइकलको ओलम्पिकमा २१ स्वर्ण

काठमाडौँ २६ साउन
रियो (एजेन्सी ) -ओलम्पिक इतिहासको सबैभन्दा सफल खेलाडी मानिने अमेरिकी पौडीबाज माइकल फ्लेप्स स्वर्ण जित्ने आफ्नो अभियानमा अझ रोकिएका छैनन्। उनले ओलम्पिकमा स्वर्णको संख्या २१ पुर्याएका छन्।
गएराति २ सय मिटर बटरफ्लाईमा स्वर्ण जितेपछि उनले स्वर्ण संख्या २० पुर्याएका थिए। यो उनको सबैभन्दा विशेष स्पर्धा हो। किनभने उनले यही स्पर्धामा तेस्रो स्वर्ण जितेका हुन्। दुई दिनअघि ४ सय गुणा सय मिटर रिलेमा उनले आफ्ना सहयोगीसँगै रियो ओलम्पिकको पहिलो स्वर्ण जितेका थिए।
२ सय मिटर बटरफ्लाईमा स्वर्ण जितेको केही समयपछि नै फ्लेप्सले स्वर्ण संख्या २१ पुर्याए, जब उनले फेरि आफ्ना सहयोगीसँग मिलेर ४ गुणा २ सय मिटर फ्रिस्टाइलको स्पर्धा जिते। यतिबेला स्वर्ण जित्न उनलाई कोनोर डावेर, टाउन्ले हास र रायल लोच्सेले सघाएका थिए।
२ सय मिटर बटरफ फ्लेप्सका लागि यस कारण पनि महत्वपूर्ण थियो, लन्डन ओलम्पिकमा उनी दक्षिण कोरियाका चाद ले क्लोससँग पराजित भएका थिए। मंगलबार राती स्वर्णका लागि उत्रिँदा ले क्लोस फ्लेप्सको लेन नजिकै थिए। जहाँ क्लोसले फ्लेप्सलाई आफ्नो बच्चाको हिरो भएको सुनाउन भ्याए। ‘चादले मलाई निकै मनपराउँछन्, पुलभन्दा बाहिर,’ उनले हास्दैँ भने–‘उनले मलाई आफ्नो हिरो बताए र मलाई हराउन स्पर्धामा उत्रिएँ।’
फ्लेप्सभन्दा कान्छो पुस्ताका खेलाडी समावेश यो स्पर्धामा उनले अझै आफूमा स्वर्ण जित्ने भोक भएको प्रमाणित गर्न कुनै कसर बाँकी राखेनन्। उनले १ मिनेट ५३ दशमलव ३६ सेकेन्डमा दूरी पुरा गरे। हंगेरीका १९ वर्षीय टोमास केन्देरेसीले हिट्समा फ्लेप्सलाई कडा टक्का दिए। तर, उनले कास्यमा चित्त बुझाउनु पर्यो। उनलाई जापानका मासातो साकाईले उछिने र रजत जिते।
मंगलबार पहिलो मेडल जितेको ७० मिनेटमै उनी दोस्रो स्पर्धाका लागि तयार भइसकेका थिए। त्यसैले २ सय मिटर बटरफ्लाईमा स्वर्ण जितेपछि मिडियालाई प्रतिक्रिया नदिई सिधै आफ्नो योजनामा लागेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया