अस्ट्रेलियामा फुच्चीहरुको मन जित्दै गौतम

बिजनेसपाटी संबाददाता,
सिड्नि/अस्ट्रेलिया २४ भाद्र
डेढ बर्ष अगाडी अस्ट्रेलिया आईपुगेका गीतकार तथा मोडल बिषम गौतमले फुच्ची युबतीहरुको नाममा म्युजिक भिडियाे तयार परेका छन् | “फुच्ची फुच्ची” नाम दिएको उक्त म्युजिक भिडियाे सिड्नी आसपासको रमणीय ठाउँहरुमा छायाँकन गरिएको छ |
सानै देखि कलाकारिताको क्षेत्रमा रुची राख्दै आएका गौतमले यसअघि जति छाल,किन रिसायाै, लगायतका थुपै म्यूजीक भीडीयोहरुमा आफुलाई मोडलको रुपमा प्रस्तुत गरिसकेका छन्। मकवानपुर जिल्लाको हेटौंडा बजारमा जन्मिएका गौतमले यस म्यूजीक भीडीयोमा पनि अाफ्नाे राम्रो कला कौशल प्रस्तुत गरेका छन।
जिन्दगीमा क्सैसग जिस्कने क्रममा कोरिएको सब्दलाई एउटा मिठो गित बनाउन सफल भएका गौतमले फुच्च हरूलाई सम्झदै फुच्चीहरु मनका प्यारी हुन्छन भनेर देखाउन खोजेको बताएका छन्।  । उनी भन्छन : ” फुच्चि भनेर सम्बाेधन गर्दा मलाई रमाइलो महशुश हुन्छ। ” गौतमको अाफ्नै शब्द रचना रहेकाे यस म्युजिक भिडियाे मा रूबिना श्रेष्ठ नायिका काे रूपमा पस्तुत भएकि छन्। कलाकारिता क्षेत्रमा लाग्न सधैं पेरणा दिनेहरूमा राधिका अधाकरि र सनम कठाएतको काम कहिल्यै नबिसने बताउने गाैतम यस भिडियाेका नायक समेत हुन।
सुसम न्याैपाने , रूस्का शर्मा , साेनि सापकाेटा, लगाएतकाे पनि नृत्य देख्न सकिने यस भिडियाेमा चर्चित गायक पमाेद खरेल  र गायिका सिर्जु अधिकारीकाे स्वर/ संगित रहेकाे छ। त्यस्तै,अस्ट्रेलिया बसेर म्युजिक भिडियाेकाे क्षेत्रमा लामाे अनुभव बटुलेका जीवन रसाईलिकाे छायांकन, सम्पादन र निर्देशन भिडियाेमा रहेकाे छ। स्मरण रहाेस, छाेटाे समयमै सबैकाे जिब्रोमा झुडिन सफल गित फुच्चि फुच्चिबाट गितकार तथा माेडल विषम गाैतम अबका दिनमा तमाम फुच्चि युवतीहरूकाे नजरमा लाेकप्रिय बन्ने कुरामा कुनै शंका नै छैन।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया