आइएमई लाइफ इन्स्योरेन्सको सिइओमा भट्ट

काठमाडौं– २४ भाद्र ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । श्री भट्टले आफ्नो बैंकिङ्ग करियर नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाट १९९८ मा सुरुवात गरी २०११ सम्म आईपुग्दा सहायक महाप्रबन्धक पदमा रही काम गरेको कार्य अनुभब रहेको छ । तत्पश्चात श्री भट्टले मेघा बैंक लिमिटेडमा करिब ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका थिए । पछिल्लो समयमा श्री भट्ट बिभिन्न बैंक तथा बित्तीय संस्था लगायत इन्स्योरेन्स कम्पनीहरुमा आबद्ध रही आएका थिए । श्री भट्टसँग रेमिट टु नेपाल प्रा.लिको प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेको अनुभब समेत रहेको छ ।

कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ गह्रण गर्दै श्री भट्टले आफुसँग रहेको कार्य अनुभबको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट स्थान हासिल गर्न आफु सदैब प्रयासरत रहने प्रतिबद्धता जाहेर गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया