आजदेखि थोत्रा गाडी गुड्दैनन्

काठमाडौं, १८ फागुन ।
सरकारले २० वर्ष पुराना सार्वजनिक सवारीसाधन चलाउन बुधबार (आज)बाट निषेध गर्दैछ । थोत्रा गाडी वातावरण प्रदूषण वृद्धि एवं सडक दुर्घटनाको प्रमुख कारक बनेको भन्दै देशभरिबाटै हटाउन लागिएको हो ।
आजको नागरिक दैनिकमा खबर छ– यातायात व्यवसायीले अटेर गरी २० वर्षे पुराना सवारीसाधन सडकमा निकाले जफत गरिने यातायात व्यवस्था विभागले जनायो ।
प्रवक्ता टोकराज पाण्डेले २० वर्ष नाघेका कालो नम्बर प्लेट(भाडा)का बस, मिनीबस, ट्रक, ट्याक्सी र टेम्पोबुधबारदेखि स्वतः अवैधानिक हुन् बताए ।
उपत्यकामा २० वर्ष नाघेका झन्डै २ हजार ५ सय सार्वजनिक सवारीसाधन रहेको विभागको अनुमान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया