आज थपिएका २२६ जना कोरोनाका विमारी कहाँ-कहाँका हुन् ? हेर्नुस विवरण

काठमाण्डौ १९ जेष्ठ, २०७७
नेपालमा आज एकैदीन कोरोनाका २२६ नयाँ बिमारी थपिएका छन् । यससँगै नेपालमा कोरोनाका विमारी  १७९८ जना पुगेका छन् ।

स्वास्थ्य मन्त्रालयले सोमबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको देवकोटाले जानकारी दिए।

नेपालमा हालसम्म १२१ जना कोरोनाका विमारी अस्पतालबाट डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया