आयुर्वेद र हाम्रो स्वास्थ्य

डा. रमेश मिश्र

आयुर्वेद विश्वको प्राचीन चिकित्सा पद्धती हो र यसको सम्बन्ध प्रत्यक्ष रुपमा मानवको जीवनसंग सम्बन्धीत छ । आयुर्वेद एउटा जीवन विज्ञान हो । यो अनुभव, अनुसन्धानमा आधारित तथा कालानुसार विकसित स्वास्थ्य रक्ष्ाँ एवं उपचारको प्राचीन पद्धती हो । आयुर्वेदमा शरीर, इन्द्रिय मन र आत्माको संयोगबाट निर्मित मानवको स्वास्थ्यको व्यक्तीगत आधारमा संरक्षण र रोगहरुको उपचारमा विशेष बल दिइएको छ । मानव जीवनको सबै अवस्थाहरुलाई बुझ्दै रोग निदान र चिकित्साको ध्यान राख्दै उपचार आयुर्वेदमा गरीन्छ । स्वास्थ्य र जीवन शैलीलाइ उन्नत गर्न तथा सुचारु बनाइ राख्नको लागि दिनचर्या, ऋतुचर्या एवं सदवृतको उपदेश गरीएको छ । दीर्घायु प्राप्तिको लागि स्वस्थ जीवन शैली आवश्यक छ जुन व्यक्ति विशेषको प्रकृति अनुसार हुन्छ र यसैले गर्दा आयुर्वेदमा व्यक्ति विशेषको प्रकृति अनुसार खानपान र उपचारको व्यवस्था फरक फरक हुन्छ ।
ramesh-sirआयुर्वेदमा मुख्यतया तीन प्रकारको चिकित्सा गरीन्छ । दैवव्यपाश्रय, युक्ति व्यापाश्रय एव सत्वावजय । आयुर्वेदमा रोगी एव रोगको परीक्षाको विस्तृत वर्णन गरिएको छ जुन आयुर्वेद चिकित्सकले आफ्नो अध्ययन कालमा विस्तृत अध्ययन गरेका हुन्छन । रोग एव रोगीको देश, काल, बल आदिलाइ ध्यानमा राखेर चिकित्साको निर्धारण गरीन्छ । निदान परिवर्जन, संशोधन संशमन एव पथ्यापथ्य व्यवस्था यी चार कुराहरु माथि चिकित्सा अधारित हुन्छ । औषधोपचार एवं चिकित्सा विधिहरुको साथ साथै आहार एवं विहारको पनि ध्यान राख्नु आवश्यक हुन्छ । आज प्रचलनमा रहेका आयुर्वेदको प्रमुख चिकित्सा विधिहरुमा शरीर संशोधन को लागि पँचकर्म, अर्श र भगन्दरको चिकित्साको लागि क्षार सूत्र तथा स्वास्थ्य संवर्धन र बृद्धावस्था स्वास्थ्य रक्षा को लागि रसासय चिकित्सा बढी प्रचलित छन । यी विधिहरु नसर्ने रोग जो विश्व स्वास्थ्य संगठनको लागि चुनौति भइ सकेको छ जीर्ण एवं कृच्छ साध्य रोगहरुको उपचारमा वढी प्रभावकारी सिद्द भइ सकेका छन विश्व स्वास्थ्य संगठनले परिभाषा गरेका नसर्ने रोग बाहेक आयुर्वेदको दृष्टिले अरुपनि केही रोगहरु छन जुन नसर्ने छन र त्यसको लागि रोगग्रष्त व्यक्तिहरु दिनहु औषधि सेवन गर्ने अवस्था छ ती रोगहरु पनि विश्व स्वास्थ्य संगठनको नसर्ने रोगको सुचीमा आउनु पर्छ ।
आयुर्वेदमा स्वस्थ र लामो जीवन कालको लागि रसायन चिकित्साको व्यवस्था गरीएको छ जुन अष्टाङ्ग आयुर्वेदको एउटा विशेष अङ्ग हो । जसको उद्देश्य समय पुर्वको वृद्धावस्था लाइ रोक्नु तथा बुद्धि स्मृति र इन्द्रियहरुको कार्मक्षमतालाइ वनाइ राख्नु हो । स्वास्थ्य संवर्धन एव जीवन शैलीलाइ समुन्नत गर्नको लागि आयुर्वेदमा धेरै औषधिहरु र जडिबुटीहरुको वर्णन गरीएको छ जसले शरीरका दोष धातुहरुलाइ समवस्थामा ल्याउन सहायक छन शरीरबाट रोगउत्पादक कारणहरुलाइ बाहिर निकाल्दछन र रोगलाइ पुनरावर्तन र वृद्धिलाइ रोक्दछ । राम्रो संग व्यवस्थापन गरीयो भने आयुर्वेद बाट जीवन शैलीको अनुरुप सम्पुर्ण उपचार, सुलभ र सबै व्यक्तिहरुको सामथ्र्यको अनुरुप उपचार गर्न सकिन्छ ।
विशेष रोगहरुको लागि केही रसायन औषधी तथा जडिबुटीहरु जो चिकित्सक, कविराज वा बैद्यको सल्लाहनुसार सेवन गर्नु पर्छ ।
 स्वास्थ्य संवर्धनको लागि रसायन गुर्जो, आवला, अश्वगन्धा गाईको दुध
 संधिवात÷ आमवात को लागि लहसुन, गुग्गुल, अश्वगन्धा, सुण्ठो
 श्वास रोगको लागि शिरीष, अगत्सय, हलेदो, हर्रो
 ह्दय डर्वल्यको लागि शालपर्णी, अर्जुन, गुग्गुल, पुस्करमूल
 नाडी संस्थानको लागि लहसुन, गुग्गुल, बला, अश्वगन्धा
 मधुमेहको लागि शिलाजित, आवला, हलेदो, तेजपात मेथी, करेला, जामुन
 मेदज विकारको लागि गुग्गुल, हर्रो, पुस्करमूल, वचा
 मष्तिष्क एवं स्मृति विकारको लागि वाह्मी, मण्डुकपर्णी, ज्योनिष्मती कौच, तगर
 नेत्र रोगको लागि ज्योतिष्मति, त्रिफला, शतावरी। मुलहठी, आवला

अत सही रोग निदान, गुनस्तरयुक्त औषधी पथ्य परहेज र योग प्रणायाम रोग अनुसार व्यवस्था गरी सरकारी र प्राइभेत अस्पताल क्लिनिक बाट उपचार गरियो भने देशका गरीव निमुखा शोषीत पिदित वर्गको साथसाथै सवै वर्ग र समुदायका व्यक्ति आयुर्वेद चिकित्साबाट लाभांवित हुनेछन ।

rm984941@gmail.com

फेसबुकबाट तपाईको प्रतिक्रिया