आर्कषक उपभोक्क्ता सहकारीले माग्यो ११ जना कर्मचारी

काठमाण्डौ १० पौष ।
जडिबुटिजन्य वस्तुहरु उत्पादन तथा बजारिकरण गर्दै आएको नमुना सहकारी आर्कषक उपभोक्क्ता सहकारी संस्थाले ११ जना कर्मचारीको माग गरेको छ । सहकारीको आज बसेको सञ्चालक समितिको बैठकले बजार विस्तार तथा बिक्रि प्रर्बद्धनलाई जोड दिँदै विभिन्न पदमा गरी ११ जना कर्मचारी माग गर्ने निर्णय गरेको हो । मार्केटिङको क्षेत्रमा आफनो करियर बनाउन चाहनेले भोलीबाटै संस्थाको प्रधान कार्यालय सातदोबाटोमा आइ आवेद दिन सक्ने संस्थाका अध्यक्ष दिपकप्रसाद घिमिरेले बताए । उनले थपे ‘हामी केही दिनमै राष्टिय दैनिक पत्र–पत्रिका तथा अनलाइनहरुमा विज्ञापन गरी आवेदन माग गर्नेछौ । तर काम गर्न इच्छुकहरुले भने भोलीबाटै संस्थामा सम्पर्क गर्न सक्नुहुनेछ’।
संस्थाले विगत पाँच देखि जडिवुटीजन्य वस्तुहरुको उत्पादन तथा विक्रि प्रर्बद्धन गर्दै आएको छ ।
संस्थाले खासगरी एकोल ब्रान्डका ग्रीन टी, स्लीम टी, हर्बल सावुन, मसाज वयल, अग्रानीक उपभोक्क्ता वस्तुहरु सहित दर्जनौ प्रकारका जडिबुटिजन्य स्वास्थ्यबद्र्धक उपभोक्क्ता बस्तुहरु उत्पादन तथा विक्रि प्रर्बद्धन गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया