इजरायलमा नौ नेपाली घाइते, दुईको अवस्था गम्भीर : परराष्ट्र मन्त्रालय

काठमाडौं २० असोज,।

परराष्ट्र मन्त्रालयले इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको बताएको छ ।

शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै यसको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै विवरण खुलाइएको छैन ।

मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता जनाएको छ । साथैनेपालले इजरायलमाथि आतंकवादी आक्रमण भएको भन्दै ‘कडा निन्दा’ गरेको छ। प्रेस वक्तव्य जारी गर्दै जरायली भूमिमा आतंकवादी आक्रमण भएको भन्दै आलोचना गरेको हो।वक्तव्यमा भनिएको छ, नेपाल सरकार आज इजरायलमा भएको आतंकवादी आक्रमणको कडा निन्दा गर्दछ जसमा केही मानिसले आफ्नो अमूल्य जीवन गुमाएका छन् भने केही घाइते भएका छन्। यो महत्त्वपूर्ण समयमा हामी इजरायल सरकार सँगै रहेका छौँ।’

इजरायली स्वास्थ्य मन्त्रालयले ‘प्यालेस्टिनी आक्रमण’ मा अहिलेसम्म कम्तीमा सय जना मारिएको र ९ सयभन्दा बढी घाइते भएको जनाएको छ। टाइम्स अफ इजरायलले रेडियो आर्मी रेडियोलाई उद्धृत गर्दै ९ जना हमास विद्रोही मारिएको जनाएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया