इन्धनको मूल्य फेरि बढ्यो,ग्यासमा २५ रुपैयाँ वृद्धि

काठमाडौं २१ भाद्र

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।  निगमले पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो। स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ।  पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएसँगै पेट्रोलको नयाँ मूल्य १ सय १२ रुपैयाँ, डिजेल र मट्टितेलको ९८ रुपैयाँ र एलपी ग्यासको एक सिलिण्डरको मूल्य १४ सय रुपैयाँ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया