इन्धन चोर्न नपाउँदा ट्यांकर चालक हड्तालमा

काठमाडौँ २ चैत्र

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण प्रयास सुरु गरेपछि त्यसलाई असफल बनाउन ट्यांकरचालक हड्तालमा उत्रिएका छन् । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

बीच बाटोमा हुने चुहावट नियन्त्रण गर्न निगमले बुधबारदेखि सेक्युरिटी लकिङ सिस्टम कार्यान्वयनमा ल्याएपछि त्यसको विरोध गर्दै पूर्वका ट्यांकरचालक बिहीबारदेखि पेट्रोलियम पदार्थ ढुवानी रोकेर हडतालमा उत्रिएका हुन् ।

ट्यांकरचालकले इन्धन चुहावट रोक्ने निर्णयमा असहयोग गरेको निगमका अधिकारी बताउँछन् । ‘घुमाउरो ढंगले तेल चोर्न पाउनुपर्छ भन्ने माग राखेर ट्यांकरचालक हड्तालमा उत्रिए,’ निगमका अधिकारीले भने, ‘गलत माग राखेर अवरोध सिर्जना गर्दा पूर्वमा पेट्रोलियम पदार्थ अभाव भएको छ ।’ –नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया