उन्मुक्तिका स्वर भित्र“दागवत्ति”कविता

स्वयम्भू शाक्य

नेपाली साहित्यका आशावादी तथा प्रकृतिप्रेमी कवि चिन्तामणि शिवाकोटीका थुप्रैं आदर्श कविताहरु मध्ये यो “दागवत्ति” कविता पनि एक हो । उच्च भावना, स्वच्छ कल्पना र विराट साधनाका बावजूत जन्म भएको प्रस्तुत कविता मानव जीवनमा मृत्युजञ्यी वैभिन्यको अत्यन्तैं धतलाग्दो चित्रण गर्न सफल भएका छन् । दुई वटा कविता संग्रह मार्फत आफ्नो भावुकता र हदृय संवेगलाई प्रतिबिम्ब गरी सामाजिक यथार्थताका भावनाहरु पाठक समक्ष राखिदिएका छन् उनले । “उन्मुक्तिका स्वरहरु” दोस्रो कविता संग्रह मार्फत “दागवत्ति”कवितामा आमाको देहान्त हुँदा काजक्रियासम्म गर्न नपाउँदा उनी दुःखी भएका छन् । अपितु “दागवत्ति” कविताको सारसंग्रह प्रस्तुतगर्न सानो जमर्को गर्ने प्रयास गरेको छु ।
मान्छेको जीवन घाम—छाया भनी बुझ्दा बुझदैं, मान्छेको जीवन कर्कलाको पानी भनी बुझदा बुझदैं आँखा भरी आँशु र मनभरी व्यथा किन हुदो रहेछ थाहा छैन कवि चिन्तामणि शिवाकोटीलाई । आमाको मुहार झल्ल–झल्ती सम्झेर सात समुन्द्र पार अमेरिकाको न्यूहेम्पसायरमा बसेर आज रोइरहेको छ, दागवत्ती दिन पाइएन भनेर । थाहा छैन गंगा साक्षी, धर्ती साक्षी, आकाश साक्षी, अग्नी साक्षी र वायु साक्षी राखेर आमाको पार्थिक शरीरमा कुन बेला चिराग बालेर चित्ताको वरिपरि घुम्ने हो ? छँद हालेर जीवनको अन्तिम घडीमा एक अँजुली पानी पिलाउन यो अभागी कर्मले किन साथ दिएन? अध्यारो, आँखाले देख्न नसकेर मनमा ज्वारभाट चलिरहेको बेला नदिको किनारमा कवि चिन्तामणि शिवाकोटी ममताकी खानी आमालाई खोज्दैं पानी झैं बगिरहेको बेला अन्तत कहाँ—कहाँ आफै हराईरहेको बेला उनी सोच्न थाल्छन्chintamani

सुनपानी छर्केर
तिम्रो वैतरणीमा तुलसीको झाभ समातेर
मैले तिम्रो स्वर्गीय कामना गर्दा के हुन्थ्यो ?
मेरो आस्थाको धरोहर
मेरो आदरणीय ममताकी खानी
मेरो काखमा तिमीले प्राण त्यागि दिँंदा के हुन्थ्यो ?
तिम्रो अन्तिम अवस्थामा मेरो उपस्थिति
दैवले नछलेको भए के हुन्थ्यो ?
तिम्रो पार्थिक शरीरमा पीताम्बर ओढाएर
छाँद हालेर डाँको छोड्दा के हुन्थ्यो ?
मैले तिमीलाई दागवत्ती दिँदा के हुन्थ्यो ?

दिन ढलेर साँझ भए जस्तैं, अध्यारैं अध्यारोमा हिंड्न गाह्रो भए जस्तैं एकहोरो अशुभ शुभ फुकेर मन छिया छिया भएको बेला कवि चिन्तामणि शिवाकोटी आमाको पार्थिक शरीरलाई बोकेर दागवत्तीको चाहनामा उनी घाइते बनेर यता उता भौतारिँदैं आगोको खोजीमा छन् आमाको छोरा हुनुको अर्थमा, एउटा ईश्वर गुमाएको अर्थमा पुजारीको के अर्थ हुन्छ र ? अपितु मान्छे खरानी भएको बेला, खरानी नदीमा सेलाएको बेला, मान्छें माटो बनेर सम्झनामा हराईरहेको बेला, यादै यादमा टेकेको ठाउँमा भाँसिएर होला, न यता न उता कता कता मन डुलेर हिंडेको बेला एक मुठी आगो आमाको मुहारमा श्रद्धाञ्जली दिएर छोरा हुनुको अर्थ खोजिरहेको बेलाकवि लेख्छन्

तिम्रो छोरो हुनुको अर्थमा
तिम्रो चह¥याएका अनमोल पाउहरु पखालेर
एक मुठी पानी खान पाएको भए के हुन्थ्यो ?
तिम्रो कोमल पाउमा निधार झुकाएर
अन्तिम आशिष थाप्न पाएको भए के हुन्थ्यो ?
मैले तिमीलाई दागवत्ती दिंदा के हुन्थ्यो ?

सपना हो की विपना पीताम्बर ओढाएका आमाको पार्थिक शरीरमा सधा सधाका लागि अलविदा, एकमुठी अवीर छर्केर, एक थुगाफूल चढाएर अन्तिम विदाईमा अन्तिम हात हल्लाएर आमाको श्रद्धामा अलिकता घ्यू, कपुर, श्रीखण्ड र अगरवत्ती बालेर आगोसँगै आमा खरानी भएको हेर्न चाहने कवि शिवाकोटी हिँऊ पग्ले झैं बालुवामा पानी राखे झैं, मन पग्लेर, मन सुकेर शुन्य—शुन्यमा हराउन्छन्
तिम्रो शवको सिरानी
एउटा सक्तिसाल थपेर
अलिकति घ्यू, कपुर छर्कन पाएको भए के हुन्थ्यो ?
एक सोला श्रीखण्ड अर्पण गर्दा के हुन्थ्यो ?
तिम्रो विदाइमा मैले पनि
एक थुँगाफूल चढाउँदा के हुन्थ्यो ?
एकमुठी अविर छर्कदा के हुन्थ्यो ?
सुघन्धको सौगात स्वरुप
एक सिन्को अगरवत्ती बाल्दा के हुन्थ्यो ?
तिम्रो चित्ता जलिरहँदा
मेरा यी अभागी आँखाहरुले
आगाका लप्काहरु पढ्दैं
तिमीलाई अन्तिम विदाईमा
हातहरु हल्लाउँदा के हुन्थ्यो ?
मैले तिमीलाई दागवत्ती दिंदा के हुन्थ्यो ?

आगोलाई पानीले निभाए जस्तैं मन भित्र विभिन्न घात—प्रतिघातहरुलाई समयसँगै आफन्तहरुको भीडमा सान्त्वना बटुल्दैं गरुड पुराणका उपदेशहरुले घाऊमा मलम लगाउँदै पितृ तर्पण गर्न शैयादान र पिण्ड अर्पण गरेर आत्मशुद्ध, मन शुद्ध र शरीर शुद्ध पार्न आशौचवाटै कर्मकाण्डमा जीवनलाई व्यतित पार्दै मान्छेको यो जुनीमा मान्छे भएर बाँच्नको लागि एकमुठी विवेक चाहिन्दो रहेछ, एकमुठी आत्मा शुद्ध हुनैपर्छ, जीवनको सारतत्व खोज्न मन दोषी बनाएर आत्मा चोखाउन सकिन्छ न कि आत्मा दोषी बनाएर मन चोखाउन सकिन्छ ? अपितु कवि चिन्तामणि शिवाकोटी लेख्छन्

आखिर मलाई पनि
नौ महिना नै कोखमा लिएकी थियौं
आखिर मलाई पनि
उही मातृत्वको अमृत पिलाएकी थियौं
आखिर मेरो के दोष थियो ?
यस्तो क्षणमा म पाताल भासिनु प¥र्यो
तिम्रो अन्तिम संस्कारमा मेरो उपस्थिति
किन छेकिनपुग्यो ?
मलाई यी प्रश्नहरुले कोतरि रहेछन्
काँडा भएर घोचिरहेछन्
पीडा पिउन बाध्य भए म जीवन भरि
मैले तिमीलाई दागवत्ती दिंदा के हुन्थ्यो ?

अपितु, आमाको माया प्रति अमृतमय सम्झना र हिन्दू परम्परालाई आत्मसाथ राखी सुक्ष्मदृष्टिले कोरिएको प्रस्तुत कविताको मूल्य र मान्यतालाई साहित्यको क्षेत्रमा उच्च मूल्यांकन हुनेमा शंका छैन । तसर्थ आमा, जसको पुजा गर्नु सन्तानको धर्म हो । कोमल पाउँमा शिर झुक्नु उसको कर्म हो । त्यसैले कवि प्रति सहानुभूती छ र मलाई भन्न मन लाग्यो

सम्झना आगो होइन
सम्झना पानी होइन
तैपनि सम्झनाले किन पोलिरहन्छ?
आखिर मान्छेको मन न हो
मनभित्र संसार अट्न सक्छ
आकाश भन्दा ठुलो
वायु भन्दा छिटो
आफू—आफू भित्र हराउँदा
आफैले नै खोज्न गाह्रो हुन्दो रहेछ ।
अस्तु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया