उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना

काठमाडौँ ११ भदौ
दाङ – तुलसीपुर उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ । उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले सो कक्षको आइतबार उदघाटन गर्नुभयो । स्तनपान कक्ष निर्माण गरेसँगै अब सानो दुधे बालक लिएर कार्यालयको काममा आउने कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो हुनेछ ।

रु दुई लाखको लागतमा निर्माण गरिएको सो कक्षमा सुतेर बच्चालाई दूध खुवाउनको लागि पलङसहितको बेड, बस्नको लागि सोफा राखिएको छ ।
उपप्रमुख आचार्यले स्तनपान कक्ष स्थापनासँगै तुलसीपुर उपमहानगरपालिकालाई नमूना स्मार्टसिटीको रुपमा विकास गर्न थप मद्दत मिल्ने छ भन्नुभयो । त्यस अवसरमा १० जना सुत्केरी सेवाग्राही महिलालाई न्यानो कपडा र झोला वितरण गरिएको थियो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया