एक मात्र शिकार आरक्ष ढोरपाटन षडयन्त्रको महाजालमा

बिजनेसपाटी १० चैत्र ।
ढोरपाटन शिकार आरक्ष नेपालको एक मात्र शिकार आरक्ष हो । पश्चिम नेपालको धौलागिरी हिमश्रिङखला भित्र रुकुम, म्याग्दी र बाग्लुङ गरी तिन जिल्लामा फैलिएको यस राष्ट्रिय निकुंञ्जको आयकर लाभ सबै बाग्लुङ्ग जिल्लाले खाएको र ढोरपाटनको विकास भने नभएको गुनासा आउन थालेका छन् । यस निकुञ्जबारे कतिपय बाग्लुङ्ग जिल्लाकै मान्छेहरुलाई समेत यथेष्ट रुपमा थाहा नभएको अवस्था छ ।
नयाँ संघीय सरचना अर्तगत ढोरपाटन नगरपालिका घोषणा भएपछी ढोरपाटनको विकास हुन्छ की हुदैन भन्ने ढोरपाटन निवासीहरुको ठुलो आशंका थियो । दुर्भाग्य जनप्रधिनिधिहरुको व्यवहार देख्दा सबैले ढोरपाटनको नाममा लुट्ने योजना मात्र बनाएको ढोरपाटनका स्थानीय सर्वसाधारणहरुले महसूस गर्न थालेका छन् ।

स्थानीय चुनाब लगतै ढोरपाटन नगरपालिकाको नाममा अरबांै बजेट निकासा भएको थियो । तर ढोरपाटन विकासको लागि केहि योजना अझसम्म भएको छैन । बजेट भने कहाँ गयो त ? प्रश्न समेत उठन् थालेका छन् ।
ढोरपाटनको मनमोहक अति सुन्दर उपत्यका छोडेर, बुर्तिबांगको पाखा पाखेड़ा र जमीन किनेर नमुना शहर बनाउने निर्णय हुन थालेका छन् । जुन दुर्भाग्यपूर्ण निर्णय भएको वीज्ञ वुद्धिजिवीहरुको ठम्याइ छ ।

रुकुम, रोल्पा, म्याग्दी, प्युठान, बाग्लुङको केन्द्र बिन्दुमा रहेको ढोरपाटनमा डोमेस्टिक विमानस्थल निर्माणलाई बेवास्ता गर्दै अरनाकोट देउरालीमा निर्माण गर्ने निर्णय भएको छ । जून दुर्भग्यपूर्ण छ ।
सधंै ढोरपाटन उपत्यकामा हुँदै आएको ढोरपाटन महोत्सव पनि अहिले आएर बुर्तिबांग बाजारमा हुने भन्ने खालका समाचार आएपछि स्थानीय शसंकीत छन् ।
राष्टिय स्तरको अति महत्वपूर्ण एवं गौरभ गर्न लायक यस निकुञ्जसँगै ढोरपाटनमा मोटरबाटो, स्कूल, हस्पिटल, पर्यटकहरुको होटल, बिजुली, इन्टरनेट सेवा सुविधाहरुको अवस्था समेत अझै शुन्य जस्तै छ । यसरी पनि बन्ला त नयाँ नेपाल ? यसरी पनि होला त पर्यटकीय विकास ? अनि नयाँ बन्नु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीले भन्नु भएको सन् २०२० सम्ममा १५ लाख पर्यटक भित्राउने लक्ष्य के यसरी पुरा होला त ?

फेसबुकबाट तपाईको प्रतिक्रिया