२०८२ भाद्र ६ | Aug 22, 2025

एक हजार तीन सयले बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २८

ललितपुर। नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले वृद्धि भएको हो ।

जसअनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार नयाँ रेकर्ड बनाएको चाँदीको मूल्य आज भने स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको भएको छ जुन मंगलबारकै मूल्य हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया