एनएमबि बैंकका सीईओ पौडेलको कार्यकाल फागुनबाट समाप्त हुने, नयाँ जिम्मेवारी केसीलाई
बिजनेसपाटी १२ कार्तिक
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्रप्रसाद पौडेलको कार्यकाल थप गरिएको छ । फागुन ३० सम्मका लागि पौडेलको कार्यकाल थप गरिएको हो । संचालक समितिको कात्तिक ११ मा बसेको बैठकले सीईओ पौडेलको कार्यकाल फागुन ३० सम्म थप गर्ने निर्णय गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स एसोसिएसनका अध्यक्ष समेत रहेका पौडेलले नेपाल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स हुँदादेखि सीईओको जिम्मेवारी हेर्दै आएका थिए । पौडेलले फाइनान्सलाई स्तरोन्नति गराएर क वर्गको एनएमबी बैंक बन्नमा महत्वपुर्ण योगदान समेत दिएका हुन् ।
सो बैठकले चैत १ देखि सीईओको जिम्मेवारी सम्हाल्ने गरि हाल उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका सुनिल केसीलाई नयाँ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया