एनएमबि बैंकको सेयरमूल्य समायोजन
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_520,h_400/https://businesspati.com/wp-content/uploads/2018/08/nmb-bank-...jpg)
बिजनेसपाटी १८ श्रावण
नेप्सेमा बिहीबार एनएमबि बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले साधारणसभाका लागि प्रस्ताव गरेको १५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
नेप्सेले बैंकको समायोजित सेयरमूल्य प्रतिकित्ता ३१७ रुपैयाँ ३९ पैसा रुपैयाँ निर्धारण गरेको छ । १८० दिनको सेयर कारोबार मूल्यका आधारमा औसत आधारमूल्य ३९१ रुपैयाँ ७० पैसा कायम भएको जनाएको छ । बिहीबारदेखि एनएमबिले साधारणसभाका लागि सेयरधनी किताब बन्द गरेकाले बुधबारसम्म कायम सेयरधनीले मात्र बोनस पाउनेछन् ।बैंकले साउन ३१ गते स्टाफ कलेज जावलाखेलमा बार्षिक साधारणसभा आह्वान गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया