एफपिओको हल्लाले बजारमा साढे ३६ अंकको उछाल

काठमाडौं १३ असार।

शेयर बजारले आज बाणिज्य बैंकहरुको सेयर मूल्य उर्लिँदा १७०० अंक पार गरेको छ ।  बिमा कम्पनीहरुमा गिरावट आएपनि आज  बाणिज्य बैंक समूहको बृदिका कारण बजार १७२१.७७ अंकमा पुगेर बन्द भएको छ ।

आज सोमबार बजारमा एकै दिन ३६.६० अंकको बृद्धि देखिएको छ । आज एभरेष्ट बैंक, नेपाल एसबिआइ बैंकलगायतको लिडमा बजारले नयाँ उचाइ कायम गरेको भएपनि कारोबार रकम भने केही घटेको  छ ।

आज  दिनभरीमा  बजारमा १३२ कम्पनीका एक अर्ब ६३ करोड ९० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
सोमबार एभरेष्ट बैंकको ९ करोड ९५ लाख रुपैयाँ, एसबिआइको ८  करोड ६४ लाख रुपैयाँ र नेपाल बंगलादेश बैंकको ७ करोड ४ लाख रुपैयाँको किनबेच भएको छ ।

सेन्चुरी बै‌क र जेविल्स फाइनान्सका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा कमाएका छन् भने आज मनास्लु विकास, नेपाल इन्स्योरेन्स लगायतले गुमाएका छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया