एसएसपी खत्रीले किन गरे आत्मसमर्पण ?

काठमाडौँ, १८ जेठ

सुन काण्डमा एसएसपी श्याम खत्री एकाएक भुमिगत भएका थिए । सरकारबाट गठित समितिले छनविन अझ कसिलो बनायो ।

खत्री खुला सिमानाको फाइदा उठाउँदै भारतको देहरादुन गए । केही महिना उतै लुके । तर, उनले त्यहाँ पनि आफूलाई असुरक्षित महसुस गरे । किनभने गायब भएको भनिएको सुन भारतीय तस्कर समुहकै थियो । उनले सोही समुहबाट आफुमाथि ‘थ्रेट’ महसुस गरे । तैपनि नेपाल आउने हिम्मत गर्न सकेनन् ।

त्यही क्रममा गोरे पक्राउ परे । बयानमा गोरेले खत्रीलाई पोले । त्यसपछि नेपाल प्रहरीमा खत्रीविरुद्ध डिफ्यूजन नोटिस जारी गर्न दबाब प-यो । नोटिस जारी भए खत्री भारतीय प्रहरीबाट जुनसुकै बेला पक्राउ पर्न सक्थे । यो विषयमा उनी जानकार थिए ।
अब उम्कने ठाउँ कतै नदेखेपछि अन्ततः खत्री अदालतमा आत्मसमर्पण गर्ने ‘मुड’मा पुगे । यसका लागि विरिष्ठ अधिवक्ता हेमराज पन्तलाई अदालतको प्रकृया मिलाउन भने । विहीवार खत्री पन्तकै पछि लागेर पत्नी उमासँगै मोरङस्थित जिल्ला अदालत पुगेर अत्मसमर्पण गरे,आजको नयाँ पत्रिकादैनिकले विस्तृत खबर छापेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया