कविता: नेता कि गिद्द ?

       लेखक: भुपेन्द्र थापा(माधव)

लोभी पापी नेताहरुले कता लान्छन् होला?
उंभो शिखरतिर लैजान्छन् की उंदो खोलै खोला !!
अाज सम्म जेजे गरे जग हंसाउने !
सोझा-साझा जनतालाई संधै झुक्याउने !!
हिचडीको हानथाप भ्रष्ट्रहरुको खेती !
विकास अनि समृद्धिको खाए घांटी रेटी !!

यहि पाराले लुच्छ्दा लुच्छ्दै देश भयो सिनो !
गिद्दहरुको अड्डा भयो चन्द्र शमशेरको चिनो !!
मुलुक,जनता भाडमा जाउंन कुर्सी चाहियो पहिले !
विचार सिद्धान्त फेर्दै हिड्छन् घुर्की लाउंछन् जहिले !!
सत्ता बाहिर विरोध गर्छन् डम्फु नारा घन्काई !
शोशित,पीडित एकै स्वरमा दिउंन यिनलाई रन्काई !!

यता-उता मुन्टो भका जुट्छन् खान ट्याक्कै !
यता चुड्यो-उता जोड्यो लुछाचुँडी ठ्याक्कै !!
जान,बुझ,चेत अब संसारलाई हेरी !
इतिहासले दण्डित गर्ला चिहानमै फेरी !!

प्रकासित मिति २०७९–९–२३

फेसबुकबाट तपाईको प्रतिक्रिया