काँग्रेस र माओबादीको भविष्य तरबारको धारमा

लक्ष्मण गौतम, बुटवल मणिग्राम

९ महिने ओली सरकारले रामो काम गर्यो, नराम्रो काम गर्यो वा उखान तुक्का मात्र ठोक्यो त्यो समिक्षा र बहसको बिषय होला तर अब ओली सरकार ढल्यो, यो यथार्त हो । काँग्रेस र माओबादी बीच भएको सहमतीको पालना भयो भने अबको केही दिनमा प्रचण्डको नेतृत्वमा नयाँ सरकार बन्ला तर सरकारको साचो भने काँग्रेसको गोजीमा हुने छ । प्रचण्ड वालुवाटारको कुर्चीमा त बस्लान तर कुर्चीको खुट्टा काँग्रेसको हातमा हुने छ । अब बन्ने नयाँ सरकार ले राम्रो काम गरेर ओली सरकार ढाल्नुको औचित्य पुष्टि गर्न सकेन भने भोली को चुनावमा जनताले काँग्रेस , माओबादी लाई ढाल्ने छन । काँग्रेस र माओबादीको अग्नि परीक्षा मन्त्रीमण्डल गठन बाटै सुरु हुने छ ।

अबको नयाँ मन्त्रीमण्डल संबिधान ले तोके बमोजिम २५ जना भन्दा बढीको बनाउनु हुदैन, ओली सरकार ले झैँ ६-६ जना उपप्रधानमन्त्री पनि बनाउनु हुदैन र सबै भन्दा ठुलो कुरा पटक पटक मन्त्री बनेर भ्रष्ट्राचारमा मुसिएर गनाएका ,पटक पटक मन्त्री बनेर सिन्को भाच्न नसकेका पत्रु टाउको हरुलाई मन्त्री मण्डलमा समाबेश गर्नु हुदैन । अब बन्ने नयाँ मन्त्रीमण्डल मा केही गर्न सक्ने आशा , ईच्छाशक्ति र भिजन भएका नयाँ अनुहारहरु समाबेश गर्न सक्नु पर्छ । ओली सरकारका पालामा भूकम्प पिडीतलाई एकमुष्ट २ लाख को माग गरेर संसद अवरुद्ध गर्ने काँग्रेस र आफु प्रधानमन्त्री बने ५ लाख दिने घोषणा गरेका प्रचण्डले अब कति दिने छन त्यो जनताले पक्कै हेर्ने छन ।

ओली सरकारले भर्ती गरेको पुननिर्माण प्राधिकरण को भ्रष्ट अनि निकम्मा सिईयो लाई फालेर काम गर्न सक्ने नयाँ ब्यक्ति नियुक्ति गर्न सक्नु पर्छ । मधेसबादी का जायज माग पुरा गरेर उनीहरु लाई पनि सरकारमा सामेल गराई राष्ट्रिय एकता बलियो बनाउन सक्नु पर्छ , समयमै स्थानीय निर्वाचन गराउन सक्नु पर्छ , चिन संग गरेका सन्धी सम्झौता हरुको कार्यान्वयन गर्न सक्नु पर्छ , नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप रोक्न सक्नु पर्छ , महंगी र कालोबजारीको नियन्त्रण गर्न सक्नु पर्छ , डा गोबिन्द केसीका सबै माग जायज छन , उनका मागहरुको सम्बोधन गर्न सक्नु पर्छ । यदी अब बन्ने काँग्रेस , माओबादीको सरकारले काम गर्न सकेन वा उही पहिले झैँ भ्रष्ट्राचार मा डुब्न थाल्यो भने अबको आम निर्वाचन पछी काँग्रेस , माओबादी नामक पार्टीहरु संग्राहालय मा थन्कने लाएकका हुने छन । अब जनतालाई गफ र भाषण होईन काम र परिणाम चाहिन्छ । अन्त्यमा , अब संबिधान संसोधन गरेर संघियता , धर्म निरपेक्षता र प्रत्यक्ष निर्वाचीत कार्यकारी जस्ता बिषयमा जनताको सुझाव र देशको आवस्यकता लाई समेट्न सक्नु पर्छ ।

जय नेपाल

you can follow him on  https://www.facebook.com/Laxman-Gautam

फेसबुकबाट तपाईको प्रतिक्रिया