काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आनी छोइङ्ग ड्रोल्मा फाउन्डेसनको १ करोड ८० लाख सहयोग

काठमाडौँ २५,भाद्र २०८० ।
गैर नाफामूलक संस्थाका रूपमा स्थापित काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को काठमाडाँमा बहुबिशिष्टिकृत बाल अस्पताल तथा देशको सबै प्रदेशमा भाैितक संरचनासहितका स्याटेलाइट बाल अस्पताल संचालन गर्ने लक्ष्य रहेको छ । बालबालिकालाई उपचारको अभाववाट हुने क्षती र अपाङ्गताबाट बचाउनु र परिवारलाई गरिबीको दुष्चक्रमा पर्नबाट रोक्न प्रयास गर्नु यसको ध्येय रहेको छ ।

यसै क्रममा काठमाडौँमा अस्पताल भवन निर्माणका लागि सो संस्थाले आनी छोइङ्ग ड्रोल्मा फाउन्डेसनबाट आज रु १,८०,००,००० (एक करोड असि लाखको) सहयोग प्राप्त गरेको छ । सो उदार हृदयका लागि फाउन्डेसनका संस्थापक समाजसेवी, गायक आनी छोइङ्ग ड्रोल्मा तथा फाउन्डेसनलाई किओचले आभार व्यक्त गरेको छ ।

किओचका अनुसार सो परियोजना अन्तर्गत पहिलो अस्पताल किओच–दमक बाल अस्पताल कोशी प्रदेश, झापा जिल्लाको दमकमा स्थापना भई सेवा शुरू भएको छ । यस अस्पतालबाट वहिरङ्ग, आकष्मिक, अन्तरङ्ग, प्रयोगशाला, रेडियोलोजी, पिआइसियु, एनआइसियु, एचडियु लगायतका सेवा प्रदान गरिएको छ भने शल्यकृया सेवाका लागि मोडुलर अपरेसन थिएटरको निर्माण सम्पन्न भई सेवा सुरु हुने चरणमा रहेको छ । सेवा सुरु भएको चार महिनामा यसले वहिरङ्ग सेवा अन्तर्गत ८,३०० तथा अन्तरङ्ग सेवा अन्तर्गत १,८५० भन्दा वढी बालबालिकालाई पु¥याएको सेवा र सेवाग्राहीबाट प्राप्त सकारात्मक प्रतिक्रिया प्रोत्साहनजनक रहेका छन् ।

काठमाण्डाँैको बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा ’हब’ अस्पतालका रूपमा बहुबिशिष्टिकृत बाल अस्पताल किओच–काठमाण्डाँै बाल अस्पतालको निर्माण कार्य शुरु भई जग निर्माणको कार्य जारी रहेको छ । अस्पतालको मूल भवनको निर्माण कार्य जारी रहँदा बिरामी बालबालिकालाई सेवा प्रदान गर्ने कार्य सुरु गर्न र बाल स्वास्थ्य तथा नसर्ने रोगहरुका सम्बन्धमा अनुसन्धान अघि बढाउनका लागि क्लिनिकल रिसर्च बिल्डिंग निर्माणको अन्तिम चरणमा पुगेर फिनिसिंगको कार्य भैरहेको छ ।

यी सम्पूर्ण कार्य गर्नका लागि संघिय सरकार, प्रदेश सरकार, काठमाडाँै महानगरपालिका लगायतका स्थानीय सरकार, व्यापारिक घराना, वित्तिय संस्थाहरु, अन्य स्वदेश तथा विदेशका संघसंस्था र व्यक्तिहरुबाट आर्थिक तथा जिन्सी सहयोग प्राप्त भईरहेका जनाइएको छ् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया