काठमाण्डौको धुलोले निराश अर्का कलाकारले फेरी गरे यस्तो !

बिजनेसपाटी ४ माघ
श्याडो क्रियसनमार्फत गायक बिदुर घिमिरेको “काठमाण्डुको धुलोले” बोलको सार्बजनिक भएको छ । घिमिरेले नै निर्देशन गरेको उक्त गितमा आवाज पनि उनकै रहेको छ । चक्रपथ आसपासमा छायांकन गरिएको यस गितलाई मनोज सुबेदीले क्यामेरामा कैद गरेका हुन् भने प्रदिप दाहालले सम्पादन गरेका हुन् । सहारा ढुंगानाको रचनामा तयार परिएको यस गितलाइ समसामयिक काठमांडूबासीले धुलोको कारण खेप्नु परेको पीडालाई दृस्य मार्फत उतारिएको छ ।

सुक्खा मौसममा सडक निर्माण कार्य अत्यन्तै अस्तव्यस्त भएकोले काठमांडूबासीले खेप्नु परेको पीडालाई जस्ताको तस्तै उतारिएको गायक बिदुर घिमिरेले बताए । समसामयिक बिसयमा गित बनेकाले यसले दर्शक तथा स्रोतको मन जित्ने कुरामा गायक घिमिरे ढुक्क रहेको हाम्रो यस बिजनेसपाटी डटकमलाई बताए । यस गित युथ नेपाल टिभिको च्यानलबाट सार्बजनिक गरिएको छ । गीतमा पुरन्जन थापामगर, रोजी कुवर, बिनोद कुवर, प्रभु सापकोटाको अभिनय देख्न पाइन्छ । जसमा मेकअप आर्टिस्ट बिना पाण्डे रहेकी छिन । उनको यो गीतले सफलता हात पारोस । शुभकामना !!

फेसबुकबाट तपाईको प्रतिक्रिया