काठमाण्डौ उद्योग वाणिज्य संघ (काठमाण्डौ चेम्वर) को नयाँ कार्य समिति

बिजनेसपाटी २७ श्रावण

नेपाल चेम्बर अफ कमर्श संघीय संरचनामा गएसंगै काठमाण्डौमा पनि काठमाण्डौ उद्योग वाणिज्य संघ (काठमाण्डौ चेम्वर) दर्ता भएसंगै नयाँ कार्य समिति निर्वाचन भएको छ । यसैबीच नेपाल चेम्वर अफ कर्मशका प्रदेश न.३ का संयोजक तथा केन्द्रीय सदस्य कृष्णमान श्रेष्ठ काठमाण्डौ उद्योग वाणिज्य संघ (काठमाण्डौ चेम्वर)को अध्यक्षमा निर्वाचित भएका छन् । संघको प्रथम उपाध्यक्षमा देवेन्द्रभक्त श्रेष्ठ, द्धतिय उपाध्यक्षमा अमृत प्रसाद द्वा, महासचिवमा कृष्णहरि महर्जन, सचिवद्धयमा टेक बहादुर शाक्य (अन्जन) र रुपेश प्रधान, कोषाध्यक्षमा सुुुुनिता वैद्य श्रेष्ठ, सह-कोषाध्यक्षमा पवित्र वज्राचार्य निर्वाचित भएका छन् । संघको कार्य समिति सदस्यहरुमा कुलप्रसाद न्यौपाने, पवन कुमार अग्रवाल, मनोजबाबु श्रेष्ठ, सोनाम सेर्पा, विजय कुमार महर्जन, वासुदेव गिरी, विदुर धमला निर्वाचित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया