कामनपा वडा नं.२९ का अध्यक्षका उम्मेद्वार कुश ढकालको के छन् एजेण्डा ?

बिजनेसपाटी २७ बैशाख ।
स्थानीय तह निर्वाचनलाई लिएर विभिन्न पार्टीका उम्मेद्वारहरुले चुनाव प्रचार–प्रसारलाई तिव्र बनाइरहेका छन् । सरकारले दुई चरणमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरिसकेको छ । पहिलो चरणको चुनाव आउन अब केहि दिन मात्र बाँकी छ । उम्मेद्वारहरुले चुनावी अभियानलाई युद्ध स्तरमा अगाडी बढाई रहेका छन् । यसैबीच कामनपा २९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका तर्फवाट कुश ढकालले प्यानल सहित उम्मेद्वारी घोषणा गरेर चुनाव प्रचारलाई तिव्रता दिईरहेका छन् । लामो समय देखि वडा नं.२९ मा जनताको सेवा गर्दै आएका ढकाल स्थानीय माझ सुपरिचित छन् । नेपाली कांग्रेसको इकाई अध्यक्षको जिम्मेवारी समेत सम्पन्न गरिसकेका नेता हुन् ढकाल । त्यसो त ढकालको प्यानलमा रहेका अन्य उम्मेद्वार पनि उत्तिकै परिचित छन्, ढकालले आफ्नो उम्मेद्वाररीलाई शशक्त बनाएका छन् । पार्टीको घोषणा पत्रलाई आत्मसाथ गर्दै समाजमा विकासको गति दिन आफुले उम्म्द्वारी दिएको ढकालको भनाई छ । आफु निर्वाचित भए वडा नं. २९ लाई व्यापक सुधार गर्ने ढकालको प्रतिवद्धता छ ।
वडाका सबै गल्लीमा, ठाउँ-ठाउँमा अावश्यकता हेरि सिसि क्यामेरा र साेलार बत्ती जडान गर्ने, वातावरण मैत्रीपूर्ण फाेहाेर प्रसाेधन गर्ने र खालि सरकारी जग्गाको पहिचान गरि सामाजिक उपयोग गर्ने कुश ढकालका मुख्य एजेण्डा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया