केहि समानता : केपी ओली र डोनाल्ड ट्रममा

राजु बस्याल
नेपालका पुर्वप्रधानमन्त्री केपी ओली राष्ट्रवादी नायकका रुपमा एक–एक गरी चर्चामा आए, जुन एक किसिमको अप्रत्यासीत घटना परिघटनाका विचमा पनि त्यसरी आउनु ठुलो जोखिम उठाउनुको प्रतिफल थियो ।
त्यसमा पनि केपी ओलीले राष्ट्र भित्रको राजनीतिक असहयोग र जनताको साथ सर्मथन, अन्तराष्ट्रिय स्तरमा पनि उक्तिकै मात्रामा एक्लीदै गएको अवस्थामा समेत आफ्नो व्यवहार र आचरणको प्रदर्शनलाइ अझ मजवुत ढ्रगले प्रयोग गरी राष्ट्रप्रतिको अडान देखाएर नायकत्व प्रर्दशन गरे । अनन्त उनी नेपालको लम्पसारवादी प्रवृतीलाइ तोड्दै जनतामुखी वन्न पुगे ।

raju
हुन त नेपालको राजीतिमा वारम्वार हुने हस्तक्षेपले र विदेशीको आदेश पालना गर्ने तथा गराउने प्रबृत्ति दोहोरीरहँदा केपी ओलीको उक्त आचरण नै सत्यको पक्षमा र लायक ठहरियो ।
उनको प्रधानमन्त्रीकालका उल्लेखनीय पक्ष नै विश्व शक्तिशालीे दमनकारी देश भारतसँग जोहोरी खेल्न सक्नु हो । नेपालमा मधेशवादी दलको साथ र सहयोग लिँदै भुकम्पबाट चपेटामा परेको देशलाई अझ जर्जर वनाउन र नेपालको स्वाधिन संविधानलाई असफल भारतले गरेको नौ नाटक नेपाली जनताले कहिल्यै भुल्ने छैनन । भारतले गरेको नाकावन्दी लगायतका अन्तराष्ट्रिय असहयोगको कारण विश्व राजनीतिवाट टाढिदै गएको अवस्थामा ओलीले आफ्नो आचरण प्रयोग गर्दै झनै शसक्त रुपमा प्रतिवाद गरे । र, नेपाली जनतावाट उक्तिकै रुपमा हाइ हाइ कमाए ओलीले ।
उस्तै प्रवृत्ति भएका हालैमात्र अमेरिकी राष्ट्रपतिमा निर्वाचित अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम जो राष्ट्रपतीय निर्वाचनमा प्रचार प्रसारको क्रममा आफ्नै आचरण स्वरुप विभिन्न समयमा आलोचित समेत भए । तापनि चर्चीत अमेरिकी राष्ट्रपतिकी उम्मेदवार हिलारी क्यीन्टनलाई पराजीत गर्न सफल भए । त्यतिखेरका अभिव्यतिm तथा जनताको अभिव्यतिmको आधारमा उनले वास्तवमा निर्वाचनमा आफ्नो व्याक्तित्व प्रयोग गरेनन् जति अमेरिकी पुर्वराष्ट्रपति वाराक ओमावाले सम्पुर्णको साथ लिएर अगाडि वढ्ने उद्घोष गरेका थिए ।
बरु उनी विपक्षका विरुद्ध खरो रुपमा उत्रिए । विश्वमा धार्मीक टक्करको रुपमा विश्वका सामु चुनौती बन्दै गइरहेका मुस्लीम अतिवादी र शक्तmीशाली राज्यलाई सन्तुलन र त्यहाँका जनतालाई त्यही सन्तुलनमा राखीरहन तगारो लाग्ने अवैध आप्रवासी जस्ता मुद्धालाइ उठाएर तिनीहरुको समाधानका खातिर लाग्ने विश्वास दिएका उनले आफ्नो तुलनाका विचमा विश्वकासामु वौद्धिक रुपमा ख्याती कमाइसकेकी हिलारी क्यीलटनलाई फराकिलो मत अन्तरले विजय हासील गरे ।
जसरी नेपालमा जनयुद्धका नायक प्रचण्डले देशलाई विदेशीको हस्तक्षेपवाट मुक्त गर्ने र आत्मनिर्णयको प्रयोग गर्न पाउनुपर्ने भन्दै नेपालीलाई जनयुद्ध जस्तो कठिन आन्दोलनमा सामेल गरएका उनले पछिल्लो समयमा विदेशीको इसाराको खेलौना वने र सत्ताका लागि जेसुकै गर्न तयार हुने व्यतिmत्वका रुपमा प्रस्तुत भए । केपी ओली जसले आफ्नो चरित्र प्रस्तुत गरी नेपालमा नेपालको छिमेकी साझेदारको रुपमा रहनुको सट्टा लम्पसार वनाउन खोज्ने प्रवृत्ति र व्यवहारलाई चुनौती दिदै आफ्ना खरा खालका र उत्तेजक अभिव्याक्तिहरु नै काफी वन्न पुगे । यो उनको व्याक्तित्व र आचरणको उपज हो । जसरी त्यस्तै प्रकारको व्यातिmत्वबाट अमेरीकामा राष्ट्रपतिमा डोनाल्ड ट्रम विजयी भए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया