खराब आर्थिक वातावरणबीच पनि बैकहरुको नाफा बृद्धि !

रिसव गौतम\विजनेशपाटी  
काठमाण्डौ १ असार ।
महाभुकम्पको अभुतपूर्व प्रभाव, त्यसका निरन्तरका पराकम्पनहरु र छिमेकको ४ महिना लामो नाकाबन्दीको बाबजुत पनि चालु आर्थिक बर्षमा बैकहरुको नाफामा गिरावट देखिएन । भुकम्प र नाकाबन्दीले आर्थिक क्षेत्रलाई पुरै निष्कृय पार्दा समेत चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा २९ वटा बाणिज्य बैकहरु मध्ये ८ ओटा बैकले एक अर्ब बढी नाफा आर्जन गरेका छन । चालु आबको तेस्रो त्रैमासिक प्रतिबेदन अनुसार ‘क’ बर्गको नेविल बैकले सबैभन्दा बढी अर्थात यस अवधिमा २ अर्ब ५ करोड रुपँया मुनाफा कमाएको छ । हाल नेविल बैकको मुलुकभर गरेर कम्तिमा ५२ ओटा शाखा सञ्चालनमा रहेका छन । प्रतिवेदन अनुसार तेस्रो त्रैमाससम्म सरकारी स्वामित्वका बाणिज्य बैंक, नेपाल बैक र कृषि विकास बैकले समेत एक अर्ब बढी मुनाफा कमाएका छन ।
सर्वाधिक मुनाफा कमाउने नविल बैक पश्चात नेपाल इन्भेष्टमेन्ट बैक देखिएको छ । इन्भेष्टमेन्ट बैकले पनि यस अवधिमा १ अर्ब ८३ करोड रुपैयाँ मुनाफा कमाएको छ । इन्भेष्टमेन्ट बैकको पनि सरकारी स्वामित्वका बैकहरुको भन्दा बढी नाफा हो । त्यसैगरी चालु आबको तेस्रो त्रैमाससम्ममा बढी नाफा कमाउने तेस्रो बैकमा सरकारी स्वामित्वको नेपाल बैक परेको छ । नेपाल बैकले यस अवधिमा १ अर्ब ६४ करोड रुपैँया मुनाफा आर्जन गरेको छ । त्यसैगरी सरकारी स्वामित्वकै बाणिज्य बैकले यस अवधिमा १ अर्ब ६१ करोड रुपैयाँ कमाएको छ । खासगरी यी बैकहरुले कर्जा लगानी गरेका आधारमा यो मुनाफा आर्जन गरेका हुन । त्यसैगरी नीजि क्षेत्रका अन्य बैकहरुको पनि मुनाफा यस अवधिमा राम्रो देखिएको छ । नीजि क्षेत्रका अन्य बैकहरुमध्ये हिमालयन बैकले पनि तेस्रो त्रैमाससम्ममा एक अर्ब ३१ करोड रुपैया मुनाफा आर्जन गरेको छ । विगतमा घाटामा देखिएको कृषि विकास बैकले पनि चालु आबको यस अवधिमा एक अर्ब २१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । खासगरी यस बैकको सञ्चालन प्रकृयामा आएको परिवर्तका कारण १ अर्ब भन्दा बढी नाफा आर्जन गरेको बैक जानकारहरुले बताएका छन । त्यसैगरी एभरेष्ट बैक र ग्लोवल आइएमइ बैकले पनि यस अवधिमा एक अर्ब बढी कमाएका छन । एभरेष्ट बैकले चालु आबको तेस्रो त्रैमाससम्मा एक अर्ब २० करोड कमाएको छ भने ग्लोवल आइएमई बैकले एक अर्ब ३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । यी बाहेकका बैकहरुले पनि चालु आवको तेस्रो त्रैमाससम्ममा आर्कषक मुनाफा आर्जन गरेको देखिन्छ । यसरी मुनाफा उच्च स्तरमा हासिल गर्ने बैकहरुमा नेपाल एसविआई बैक,स्टायाण्र्डड चार्टर बैक,सिद्धार्थ बैक,एनएमवि बैक,एनआइसी बैक,प्रभु बैक,सिटिजन्स बैक,प्राइम बैक,एनवी बैक,सानिमा बैक, माछापुच्छ्रे बैक र सनराइज बैक रहेका छन ।
चालु आव बर्षको त्रैमाससम्ममा एसविआई बैकले ९५ करोड, स्टायाण्र्डड चार्टर बैकले ९० करोड ६७ लाख, सिद्धार्थ बैकले ८७ करोड ५७ लाख, एनएमवि बैकले ७७ करोड ११ लाख, एनआइसी बैकले ७५ करोड ९५ लाख , प्रभु बैकले ७५ करोड ७८ लाख, सिटिजन्स बैकले ७२ करोड ४७ लाख, प्राइम बैकले ७० करोड ९५ लाख, एनवी बैकले ७० करोड, सानिमा बैकले ६७ करोड, माछापुच्छ्रे बैक ६२ करोड ४२ लाख र सनराइज बैकले ५८ करोड ८१ लख रुपैयाँ भन्दा बढी कमाएका छन । यसरी चालु आबको तेस्रो त्रैमाससम्ममा २९ ओटा बाणिज्य बैकहरुले कुल २३ अर्ब ७८ करोड रुपयाँ नाफा आर्जन गरेका छन । अघिल्लो आर्थिक बर्षको यस अवधिमा २९ बाणिज्य बैकहरुको मुनाफा २० अर्ब ५१ करोड रहेको थियो ।
रेमिट्यान्स र कृषिले धानेको देश
साच्चै भन्ने हो भने अझै पनि ग्रामिण अर्थतन्त्रकै कारण मुलुक धानिएको छ । हालका बर्षहरुमा पनि कुल ग्राहस्थ उत्पादन (जिडीपीमा )मा कृषि क्षेत्रको योगदान ३४ प्रतिशत हाराहारी छ । त्यो हिसावले पनि जिडीपिको आकार २५ खर्ब हाराहारी रहेको मुलुकमा कृषिको योगदान झण्डै ७ खर्ब भन्दा बढी छ । त्यसैगरी राष्ट्र बैकको पछिल्लो आँकडा अनुसार रेमिट्यान्सले अर्थतन्त्रमा (जिडीपीमा) २९ प्रतिशत योगदान राख्न थालेको छ । नेपालमा बार्षिक कुल ६ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रि रहेको छ । त्यसमा पनि खाडी मुलुकमा जाने ग्रामिण युवायुवतीहरुको योगदान अधिक रहेको छ । यस हिसावले मुलुकको अर्थतन्त्रमा अहिले पनि ६५ प्रतिशत भन्दा बढी ग्रामिण क्षेत्रकै योगदान छ । जसकारण पनि नाकाबन्दी र भुकम्पले आर्थिक गतिविधि ध्वस्त बनाउँदा नेपाली अर्थतन्त्र डगमगाउन सकेन ।
अहिले पनि ३५ लाख नेपाली सरकारी आँकडा अनुसार पनि विदेशमा छन । खासगरी तिनै पठाउने रेमिटयान्स आयले मुलुकको आर्थिक गतिविधि चलायमान भएको प्रष्ट छ । औधोगिक वातावरण नाकाबन्दी, भुकम्प लगायतले तहसनहस हुँदा पनि रेमिट्यान्स आयकै कारण मुलुक आर्थिक गतिविधिहरु च्लायमान भएको र वाणिज्य बैकहरुको मुनाफा कमजोर नभएको प्रष्ट बुझन सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया