गच्छदारलाई अलमल्याउँदै प्रचण्ड

काठमाडौं–२ भदौ

केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका उपप्रधानसहित तीन मन्त्री फिर्ता बोलाएर कांग्रेस–माओवादी गठबन्धनलाई समर्थन जनाएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने समभावना घट्दै गएको छ ।

वर्तमान सरकार बन्नुअघि नेकपा माओवादी केन्द्रका नेताहरुले नयाँ गठबन्धनमा सत्तासाझेदार बनाउने आश्वासन दिए पनि पछिल्लो समयमा प्रधानमन्त्री÷मन्त्रीसँग संवाद नै हुन छाडेपछि सरकारमा सहभागि हुने सम्भावना घट्दै गएको फोरम लोकताँित्रकका नेताहरु बताउँछन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि पार्टीको तर्फबाट अध्यक्ष विजय कुमार गच्छदारले एकपटक मात्र औपचारिक छलफल गर्ने मौका पाएका छन् ।

उक्त छलफलमा गच्छदारलाई सम्मानजनक रुपमा सरकारमा सहभागि गराउने इच्टा नदेखाएपछि सरकार र लोकतान्त्रिबीच औपचारिक छलफल नभएको एक नेताले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया