प्रचण्ड नेतृत्वको सरकार ढाल्ने गृहकार्य

काठमाडौँ १२ वैशाख २०८१।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने गृहकार्य सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारको विकल्पबारे छलफल थालेको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग मिलेर कांग्रेसले प्रचण्ड नेतृत्वको सरकार ढाल्न खोजेको हो ।

गत २१ फागुनमा प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएका थिए । त्यसअघि एमालेसँग मिलेर प्रधानमन्त्री बनेका ३२ सिटे माओवादी अध्यक्ष प्रचण्ड एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग मिल्न पुगेका थिए । पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले गठबन्धन हेराफेरी गर्न थालेपछि राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउनुपर्ने निष्कर्षमा कांग्रेस पुगेको हो ।

कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने गृहकार्य थाले पनि कुनै ठोस निष्कर्ष आउन भने सकेको छैन । स्रोतका अनुसार कांग्रेस र एमाले नेताहरूबीच प्रचण्ड नेतृत्वको सरकारको विकल्प’bout छलफल भएको छ । कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवालीबीच यस विषयमा केही दिनअघि छलफल भएको बताइएको छ । छलफललाई निरन्तरता दिनेमा दुवै दलका नेताहरू सहमत भएका छन् ।

चार नेताबीच छलफलपश्चात् उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत यस विषयमा छलफल गरेका थिए । तर, ओली भने अहिले नै प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने समय नभएको बताउँदै अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा उभिएका छन् ।

तेस्रो ठूलो दल माओवादी केन्द्रलाई बोक्नुभन्दा दुई ठूला दल एमाले र कांग्रेस मिलेर सरकार बनाउँदा स्थायित्व हुने’boutमा नेताहरूबीच सकारात्मक छलफल भएको स्रोतको दाबी छ । कांग्रेसको सो प्रस्ताव एमाले अध्यक्ष ओलीले तत्काल स्वीकार नगरे पनि कांग्रेसलाई टाढा पनि जान नदिने रणनीति लिएका छन् । संघीय र प्रदेश सरकारको घटनाक्रमलाई लिएर आगामी दिनमा एमालेले केही निर्णय लिनसक्ने दाबी स्रोतको छ ।

सोही छलफलका आधारमा गत ८ वैशाखमा इलाम पुगेका कांग्रेस महामन्त्री थापाले अहिलेको गठबन्धन धेरै दिन नटिक्ने दाबी गरे । माघभन्दा उता नजाने ठोकुवा गरेका थापाले यो गठबन्धन छिट्टै नै भत्किने दाबीसमेत गरेका थिए । थापाले माघसम्मको समयसीमा तोके पनि कांग्रेसका कतिपय नेताले जेठभित्रैमा यो गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउन खोजेका छन् ।

गत साता कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफललाई समेत चासोका साथ हेरिएको छ । पछिल्लो समय नेपालले आफूहरूले सहज महसुस नगरेको भन्दै गठबन्धन टिक्नेमै आशंका व्यक्त गरिसकेका छन् । नेपालको सो भनाइसँगै भित्रभित्रै केही नयाँ विषयमा छलफल भएको भन्ने आँकलनसमेत राजनीतिक वृत्तमा भइरहेको छ ।आजको राजधानी दैनिकमा यो समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया