गच्छेदारसहित १ सय ७५ जनामाथि विषेश अदालतमा मुद्दा

काठमाडौं २२ माघ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न १ सय ७५ जनामाथि  विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बुधबार पूर्वमन्त्री विजय गच्छदार,डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी  सहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । जसमा पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यातगायत छन् ।
सरकारले अधिग्रहण गरेको जग्गा राजनीतिक कारणले जफत भएको भनी फिर्ता गराएर विभिन्न व्यक्तिको नाममा नामसारी गर्न सहयोग गरेको अभियोगमा अख्तियारले उनीहरु विरुद्ध मुद्दा दायर गर्न लागेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो । पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले भूमाफिया र उनीहरूलाई सहयोग गर्नेहरूको नामै किटेर कारवाही गनुपर्ने सिफारिस सहितको प्रतिवेदन बुझाएपछि आयोग, सिआईबी र भूमि व्यवस्था मन्त्रालयले अनुसन्धान गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया